१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

स्थानीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९

  • न्यूजमधेश डेस्क
    काठमाडौं,२६ जेष्ठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमा हातपात भएको छ ।

बिहीबार जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मन्त्री बनेका श्रेष्ठमाथि उनको कार्यकक्ष सिंह दरबारमै हातपात भएको हो । श्रेष्ठमाथि सो पार्टीकै सांसद रामबाबू यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै हातपात गरेका थिए । यादवले हातपात गर्न खोजेपछि मन्त्री श्रेष्ठलाई उनका पीएसओले बचाएका हुन् ।

आफ्नो क्षेत्रमा बजेट नहालेको भन्ने विषयमा विवाद बढ्दै गएपछि मन्त्रीमाथि हातपात गरेका थिए । सांसद यादवले हातपात गरेपछि मन्त्रीको सुरक्षा गार्डले जोगाएका थिए ।

मन्त्री श्रेष्ठको कार्यकक्षमा अन्य सांसदहरुसहित पुगेका यादवले अश्लिल गाली गलौच गरेका थिए । ‘उहाँहरुबीच सुरुमा राम्रै कुराकानी हुँदै थियो बजेटको विषयमा छलफल हुँदाहुँदै आफ्नो क्षेत्रको लागि उपयुक्त बजेट नछुट्याएकोमा सांसद यादव अलि आक्रोशित हुनुभयो उहाँले त मन्त्रीलाई हातपात नै गर्नुभयो,’ मन्त्रीको कार्यकक्षमा रहेका एक सहभागीले भने ।

मन्त्री श्रेष्ठ जसपाबाट सरकारमा सहभागी छन् । उनलाई हातपात गर्ने सांसद पनि जसपाकै हुन् । केही दिनदेखि मन्त्री परिवर्तनको विषयलाई लिएर जसपाभित्र विवाद भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]