२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

डा सीके राउत नेतृत्वको पार्टीको संगठन विस्तारमा निरन्तरता

Logo
प्रकाशित शनिबार, साउन २५, २०७६

मलंगवा ।डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ।

जनमत पार्टीले सर्लाहीको विभिन्न स्थानीय तह तथा वडाहरुमा संगठन बिस्तारमा निरन्तरता दिएको हो।
सोही क्रममा सर्लाहीको बलरा नगरपालिका वडा नं.६ स्थित रहेको मिर्जापुरमा वडा स्तरीय जनपरिचालन समिती गठन गरेको हो।

शुक्रबार सम्पन्न बैठकबाट रामप्रवेश महतोको अध्यक्षता ११ सदस्यीय समिती गठन भएको छ।सोही वडामा फेकनी देवि पासवानको अध्यक्षतामा ३१सदस्यीय महिला जनपरिचालन समिति समेत गठन गरिएको छ।

त्यसैगरि बसबरिया गाउँपालिका वाड नं.३ मा पनि सुनिल कुमार यादवको अध्यक्षतामा १६ सदस्यीय वडा स्तरीय जनपरिचालन समिति गठन गरिएको पार्टीका केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]