३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित, पहिलो आदिवासी महिला राष्ट्रपति बन्न सफल

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्युजमधेस डेस्क

भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

मुर्मूले २ हजार ८ सय २४ र सिंहले १ हजार ८ सय ७७ मत पाउनुभयो ।

जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्नुहुनेछ । उहाँ भारतको पहिलो आदिवासी महिला राष्ट्रपति समेत बन्नुभएको बीबीसी हिन्दीले जनाएको छ । उहाँको जन्म सन् १९५८ को जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा भएको थियो । उहाँ झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

उहाँले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गर्नुभएको थियाे । पारिवारिक जीवनमा निकै सङ्कट भोग्नुभएकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाउनुभएको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्। उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए।

जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सांसद सतिश कुमार सिंहले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ मा स्वास्थ्य चौकी भवनको शुक्रबार एक कार्यक्रमबीच सभापति सिंहले शिलान्यास गरेको छ। सिंह सप्तरी निर्वाचन क्षेत्र नं.२(क) जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । भवन निर्माणको लागि […]

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।