२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

दाजुभाईको एउटै पदमा भीडन्त

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९

न्यूजमधेश डेस्क
धरान ,२५ असोज। मंसिर ४ गते हुने प्रदेश सभा सदस्य पदमा सुनसरी क्षेत्र नम्बर-१ (ख) मा दाजुभाईबीच चुनाबी प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एस पार्टीका धरान अध्यक्ष रेवतरमण राई र एमाले-जसपा गठबन्धनबाट एमालेका प्रदेश सचिवालय सदस्य विजय राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

चुनाव अगाडि एक अर्कालाइ सहयोग गर्ने आश्वासन दिँदै आएका यी दाजुभाइलाई पार्टीले टिकट दिएपछि मतदाताको घरदैलोमा भोट माग्न ब्यस्त छन्। नेकपा एसका रेवात र एमालेका विजय आफ्नै काका बढाउका छोराहरु हुन्। रेवत माइलो भाईको छोरा हुन् भने विजय कान्छो भाइका छोरा हुन्।

पार्टीले टिकट दिएपछि दाजुभाइभन्दा पनि पार्टी र सिद्धान्तलाई माथि राखेर आफू चुनावी मैदानमा उत्रिएको नेकपा एसका रेवतले बताए। भाइ विजयको भन्दा सत्ता गठबन्धनको आफूलाई समर्थन रहेका कारण आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ।

यता विजयले पनि दाजुभाई भन्दा पनि पार्टी नै माथि भएको बताएका छन्। उनले पनि आफूलाई जसपाको समर्थन रहेकाले दाई रेवतलाई पराजित गर्न सहज हुने दाबी गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]