२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

जनमत पार्टीका उम्मेदवार रामपुकारद्वारा घाईते महिलाको उद्धार

Logo
प्रकाशित सोमबार, कार्तिक ०७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ कार्तिक । प्रदेशसभा सदस्यका लागि धनुषा क्षेत्र नम्वर २ (ख)बाट उम्मेदबार बनेका रामपुकार यादवले दुर्घटनामा घाइते एक महिलाको उद्धार गरेका छन् ।

जनमत पार्टीका उम्मेदवार यादवले जनकपुर–यदुकोहा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाईते भई सडकमा अलपत्र परेको अवस्था एक महिलालाई उद्धार गरे । उनले ति महिलालाई उपचारका लागि आफ्नै सवारीमा जनकपुरस्थित प्रादेशिक अस्पताल समेत पुर्याए ।

चुनावी प्रचार प्रसारका लागि हिडेको अवस्थामा महिला घाईते अवस्थामा भेटेपछि मानवताको हिसावले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको उम्मेदवार यादवले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । पुर्वमन्त्री यादवको नक्कली फेसबुक […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]