२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

जनमत जितेपछि किसानको समस्या समाधान हुन्छ : उम्मेदवार ई .साह

Logo
प्रकाशित बुधबार, कार्तिक ३०, २०७९

जनकपुरधाम, २९ कार्तिक : जनमत पार्टीका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार ई . शम्भुनाथ साहले जनमत जितेपछी किसानको समस्या समाधान गर्ने बताएका छन् ।

मंगलबार जनकपुरधाममा घरदैलो कार्यक्रमको क्रममा उम्मेदवार साह किसानहरु वर्षो देखि मलखाद लगायतका समस्या भोगदै आएको भएपनि राज्य समाधान गर्न नसकेको आरोप लगाएका छन् ।

उनले जनमत पार्टी मात्र किसानहरुको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्ने बताए । नेता साह आफु जितेमा यस क्षेत्रमा सुशासन कायम गरि बेरोजगारीको समस्या समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

त्यसैगरि जनमत पार्टीको धनुषा क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार रामबाबु साहले अन्य दलहरुको साहारा लिएर चुनाव लडने गठबन्धनका दलले जनताको कुनै काम गर्न नसक्ने बताए ।

उम्मेदवार साह आफुलाई ठुला भन्ने दलहरु दशकौैं देखि जनतालाई ठक्ने काम गरेकाले देश हरेक क्षेत्रमा पछाडि परेको र प्रगती हुन नसकेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]