१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

रावणराज अन्त्य गर्न जनमत पार्टीमा मतदान गर्न आग्रह गर्दै रामपुकार

Logo
प्रकाशित बुधबार, कार्तिक ३०, २०७९

जनकपुरधाम,३० कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.२(ख) मा जनमत पार्टीको प्रदेशसभा सदस्यको उम्मेदवार रामपुकार यादवले रावणराज अन्त्य गर्न जनमत पार्टीको हर्न छापमा मतदान गर्न आग्रह गरेका छन्।

धनुषाको शहिदनगर नगरपालिकाको कुभकरणमा घरदैलो गर्दै उम्मेदवार यादवले मतदातासंग आग्रह गर्दै पुराना राक्षसरुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।उनले यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

मतदातालाई घरदैलोको क्रममा पुराना र आफूलाई ठुला भन्ने दलहरु जनतामा जान डराइरहेको भन्नुभयो । जनताका लागि कुनै काम गर्न नसकेकाले सत्ता, शक्ति आफ्नै हातमा भएर पनि दलहरु एक्लै जनतामा जान नसकेको बताउँदै अहिले पाँच–पाँच दलको दुई गठबन्धन बनाएर चुनाव लड्नु पर्ने अवस्था आएको उम्मेदवार यादवले आरोप लगाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् । मधेश प्रदेशमा पुगेका लामिछानेले जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरेका हुन् । उनले भने, ‘अधिकतम लचकता र सहनशीलता देखाउन भनेको छु । प्रदर्शन गर्दा […]