०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

बाँदर खानेकुरा खोज्न राजमार्गमा

Logo
प्रकाशित आइतबार, माघ २९, २०७९

न्यूजमधेश डेस्क
सर्लाही ,२९ माघ । पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्याप्छ्याप्ती देखिन्छन् । जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् ।

मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका हुन् ।

राजमार्गमा यात्रा गर्ने कतिपय मानिसले बिस्कुट, पाउरोटी चाउचाउ, फलफूल, मुरहीलगायत खानेकुरा दिने गरेकाले बाँदर कन्दमूल खोज्न छाडेर राजमार्गमा कुरेर बसेका देखिन्छन् ।

वनमा जामुन, कुसुम, हर्रो, बर्रो, भलायो, खन्यु, कुरिलो, निहुुरो, तरुल, फलफूलजस्ता कन्दमूल मासिँदै गएपछि राजमार्ग र बस्तीमा बाँदर आउन थालेको फुलजोर बाबा सामुदायिक वन समूहका अध्यक्ष पशुपति खड्काले बताउनुभयो । उहाँका अनुसार जङ्गलमा सहजरूपमा खानेकुरा पाउन छाडिएको र राजमार्गमा मानिसले खानेकुरा दिन थालेपछि बाँदरले जङ्गलमा खानेकुरा खोज्न छोडेर राजमार्ग कुर्न थालेका हुन् ।

“बाँदरका लागि वनमा पर्याप्त खानेकुरा भए पनि बाँदर खोज्न जाँदैनन्”, डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मन्जुर अहमदले बताउनुभयो ।

उहाँका अनुसार मानिसले राजमार्गमा बाँदरलाई खानेकुरा दिँदा बाँदरका साथै केही सवारीसाधन पनि दुर्घटनामा पर्ने गरेका छन् । करिब ५० वर्ष पहिला निर्माण भएको पूर्व–पश्चिम राजमार्गमा अहिलेको सवारी साधनको चापका कारण साँघुरो भएको छ,त्यसमा पनि यात्रीले खानेकुरा दिँदा बाँदरले अचानक बाटो काट्ने, बाटोमा कुद्ने गर्दा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार आफ्ना सवारीसाधन रोकेर राजमार्गभन्दा अली टाढा गएर खानेकुरा दिँदा त ठिकै हो तर सवारीसाधन गुढिरहेको बेला झ्यालबाट दिइने खानेकुराका कारण बाँदरले बाटो काट्दा कुद्ने सवारी साधनका साथै बाँदर पनि दुर्घटनामा पर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]