०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

नापी कार्यालय सिरहाका अमिन घुससहित नियन्त्रणमा

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ०६, २०८०

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत एक कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सिरहाको नापी कार्यालय लहानमा कार्यरत अमिन दिपरन्जन यादवलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई दश हजार रकम सहित नियन्त्रणमा लिएको हो ।

उक्त रकम उनले सेवाग्राहीबाट लिएका थिए । उनलाई उक्त रकमसहित नापी कार्यालय लहानबाट नै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]