०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

गरिबी निवारणमा चीनसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई अध्यक्ष डा.राउतले दिए सुझाव

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र २४, २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले बोलाभएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबी मुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको बताएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले गरिबी निवारमा चीनले ठुलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारण गर्नुपर्ने भन्दै चीनसँग अनुभव लिन सुझाव दिएको बताएका हुन् ।

उनले भने, ‘म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएको हुनाले उद्योगहरूको मोडलमा चीनले नेपालमा उद्योगहरू खोल्ने र प्रोडक्ट चीनले आफूमार्फत निर्यात गर्न आग्रह गर्न भनेका छौँ । स्थानीय रूपमा रोजगारी सिर्जना होस् भन्ने लक्ष्य हो । फर्टिलाइजर उद्योगहरू स्थापना गर्न चीनले मद्दत गरोस् भन्ने हो । नेपाल केमिकल फर्टिलाइजरमा परनिर्भर हुन नपरोस् भन्ने हो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]