०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

जनमतका राष्ट्रिय अध्यक्ष डा.सीके राउत सिरहाको चिकना बजार आउदै

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित शनिबार, कार्तिक ११, २०८०

दिपेन्द्र कुमार यादव ,११ कार्तिक सिरहा : जनमत पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउत (चन्द्रकान्त राउत ) सिरहाको कल्याणपुर नगरपालिका चिकना बजार आउदै छ।

आउदो कार्तिक १९ गते जनमत पार्टी सिरहाको आयोजनामा हुने पार्टी प्रबेश तथा आम सभा कार्यक्रमको सम्बोधन गर्न डा.राउत चिकना बजार आउन लागेको कल्याणपुर नगरपालिका नगर अध्यक्ष रबिन्द्र ठाकुरले जानकारी दिए।

पार्टी प्रबेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं नेताकार्यकर्ता, युवा , बुद्धिजीवी तथा स्वतन्त्र नागरिकहरु जनमत पार्टीमा प्रबेश गर्ने कार्यक्रम रहेको जनाइएको छ। सिरहामा जनमत पार्टीको संगठन बलियो रहेको छ। गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेशमा २ प्रत्येक्ष र २ समानुपातिक र प्रतिनिधि सभामा १ समानुपातिक सांसद गरि ५ जना प्रतिनिधि छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला […]

काठमाडौँ । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टद्वारा लिखित पुस्तकमा सङ्घर्षको सुरुआत र साङ्गठनिक नेतृत्व, नेकपा (एमाले) को अल्पमतको सरकार, विचार र सङ्गठनमा शुद्धीकरण र सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध लगायतका विषय समावेश गरिएका छन् । […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]