२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

स्वयंसेवक शिक्षकको नतिजा प्रकाशन गर्न जनमत पार्टीद्वारा औरही गाउँपालिकालाई ज्ञापन पत्र

Logo
मनोज मोरबैता प्रकाशित शुक्रबार, मंसिर ०८, २०८०

सिरहा : सिरहाको औरही गाउँपालिकालाई करार सेवामा भर्ना गर्न गरिएको बिज्ञापनको नतिजा सात दिन भित्र प्रकाशन गर्न जनमत पार्टीले ज्ञापन पत्र बुझाएको छ। गत २०७९/०९/०८ गते विभिन्न पदमा कर्मचारी भर्ना गर्न गाउँपालिका औरहीले बिज्ञापन गरेको थोयो। प्राथमिक , निम्न माध्यमिक र माध्यमिक गरि तिनै तहको लागि करिब ६९ जना स्वयंसेवक शिक्षक भर्ना गर्न बिज्ञापन गरिएको थियो। उनीहरुको परिक्षा अत्यधिक दवाव पछि २०८० बैशाख २८ , २९ र ३० गते लिइए पनि हाल सम्म नतिजा प्रकाशन गरेको छैन ।

जनमत पार्टी द्वारा गाउँपालिका औरहीको विभिन्न बिद्यालयमा गरिएको अनुगमनको क्रममा शिक्षक दरवन्दी अनुसार शिक्षक अपुग हुनुको साथै कतिपय बिद्यालयमा एउटा पनि शिक्षक नरहेको भेटिएको थियो। पालिकाले गरेको बिज्ञापन र लिइएको परिक्षाको नतिजा ननिकाली विभिन्न बहानामा आसेपासे र अयोग्य आफ्ना पार्टी कार्यकर्ताहरुलाई  दैनिक ज्यालादारीको नाममा भर्ना गरि तलब खुवाउदै आएको प्रती जनमत पार्टीले आपत्ती जनाउनुको साथै महिनै देखि रोकेर राखिएको नतिजा सात दिन भित्र प्रकाशन नगरे आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको जनमत पार्टीका नेता देव नारायण यादबले बताउनु भयो ।

एकातर्फ नतिजा पनि ननिकाल्ने र अर्को तर्फ पार्टी कार्यकर्ता भर्ना गरि काम पनि गराउनुले पालिकाको द्वैध चरीत्र देखिएको एक स्थानीय स्वयंसेवक शिक्षकका उम्मेदवारले बताए ।
अपुग शिक्षकका कारण पालिकाको शिक्षा अवस्था धारासायी बन्दै गएको छ। सामुदायिक बिद्यालय शिक्षाको मेरुदण्ड भएकोले यसलाई चुस्तदुरुस्त बनाउन आवश्यक छ ।

उता , गाउँपालिका अध्यक्षले कर्मचारी अभावका कारण काम गर्न ढिलाइ भएको बताउनु भयो। ढिला भए पनि छिटै प्रक्रिया अगाडि बढाइ नतिजा निकाल्ने वहाले बताउनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

जनकपुरधाम । धनुषाको एक विद्यालयले आफ्ना भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। जिल्लाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा आयोजना एक कार्यक्रमबिच बिहिवार भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेश्याम गोइत यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको प्रमुख चेत कुमार पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको […]