०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

जनमत पार्टीद्वारा शिविरमा खटिएका चिकित्सकहरुलाई सम्मान

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०२, २०८०

जनकपुरधाम । सिताराम विवाह महोत्सवको अवसरमा जनमत पार्टीले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा खटिएका चिकित्सकहरुलाई सम्मान गरेको छ।

जनकपुरधामको रंगभुमी मैदानमा जनमत पार्टीका विद्यार्थी संगठन विद्यार्थी जनमत संघले राखिएको नि:शुल्क स्वास्थ्य शिविरमा खटिएका चिकित्सक र सहयोगीहरुलाई पार्टीले सम्मान गरेका हुन।

सोमबार जनमत पार्टी धनुषाका कार्यलयमा आयोजित एक कार्यक्रम बिच उनिहरुलाई पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र मण्डलले गम्छा र कदर पत्र प्रदान गरि सम्मान गरेको विद्यार्थी जनमत संघका केन्द्रिय सहसंयोजक सुमन यादवले बताए।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजित यादव ,विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवको उपस्तिथिमा स्वास्थ्य शिविरमा सहयोग गरेकोले चिकित्सकलाई सम्मान गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् । सोमबार मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पद बहाली गर्दै उनले ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्सं) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा […]

जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद साढे १३ लाख रुपैयाँ लेनदेनमा मिलापत्र गरिएको छ । शनिबार राति सुत्केरी व्यथा लागेपछि भर्ना भएकी धनुषा लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवको सोमबार बिहान ९ बजे मृत्यु भएको थियो । शल्यक्रियामा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकको परिवारले […]

जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि तोडफोड गरिएको छ । लक्ष्मीनिया गाउँपालिका -५ बनिनियाका अमर यादवको २८ वर्षीया श्रीमती अनिता यादवको आज बिहान ९ बजे मृत्यु भएको हो । सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । […]