०९ जेठ २०८१, बुधबार
22-05-2024 , Wed
×

रुपन्देहीमा जनमतको दोस्रो वडा अधिवेशन सुरु

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही जिल्लामा दोस्रो वडा अधिवेशन सुरु भएको छ।

शनिबार जिल्लाको मर्चवारी गाउँपालिका-१ मा पार्टीका निवर्तमान वडाध्यक्ष राजु यादवको अध्यक्षतामा राखिएको दोस्रो वडा अधिवेशन पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

अधिवेशनबाट मुनिलाल केवट दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन।उनका नेतृत्वमा वडा समिति गठन भएको हो।

सो वडा अधिवेशनमा जनमत पार्टीका कार्यकारिणी सदस्य रामकेश गुप्ता ,सम्मरीमाई गाउँपालिका इन्चार्ज रामाशंकर यादव, मर्चवारी गाउँपालिका- ६ का निर्वाचित अध्यक्ष रामसेवक खरविन्द र गुड्डो मौर्य लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ।

उक्त कार्यक्रम पूर्व वडासचिव मुकेश यादवले संचालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरूपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए। मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य […]

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जनमतकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री […]

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामका पत्रकार शिवेन्द्र रोहितालाई उहाँको ६ वर्षीय छोराले दागबत्ती दिएका छन् । रोहिताको कारले किचेर ह’त्या गरेको बुझिएको छ। कारले ठक्कर दिँदा जनकपुरको थापाचोकमा उनको निधन भएको थियो । जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार आज बिहान बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार रहेको प्रदेश २ ज ५६९४ नम्बरको […]