०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

प्रधानमन्त्री कप: कोशी प्रदेश २५ रनमा अलआउट

Logo
न्यूजमधेश प्रकाशित आइतबार, माघ ०७, २०८०

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार छैटौं खेलमा पनि पराजित भएको छ ।

गण्डकीले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रन मात्र बनाउदै अलआउट भयो । कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल हो । यसअघि नेपाल एपीएफ क्लबले २०१९ को सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४१ रनमा अल आउट गरेको थियो ।

गण्डकीका विपिन खत्रीले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । सन्दीप पराजुलीले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमाटस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी ४८.२ ओभरमा मात्र १ सय ६७ रनमा अलआउट भएको थियो।

एक समय ६ रनमा ३ विकेट गुमाएको दयनीय स्थितिमा पुगेको गण्डकीलाई मुस्कान थापा र कप्तान विपिन खत्रीले सातौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । मुस्कानले ६७ रन बनाउँदा कप्तान बिपिन खत्रीले ४२ र कमल परियारले १३ रनको योगदान दिए ।

कोशीको लागि अभ्यास तिमिल्सिनाले ६ विकेट लिए । उनले ९।२ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिए । फिर्दोष अन्सरी, कमल खत्री र सोनु मण्डलले १र१ विकेट लिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर। कोशी प्रदेशमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् । उनले मंगलबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर गत आइतबार मात्रै दर्ता भएको राई नेतृत्वको जनता समाजवादी पार्टीमा सनाखत गरेकी हुन् । अशोक राईले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर नयाँ दल दर्ता गरेसँगै त्यस दलबाट निर्वाचित […]

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दा सुनुवाइ गर्न आज (जेठ १ गते) का लागि पेसी तोकिएको छ। सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले आज सन्दीपको मुद्दा पेसी सूचीको पहिलो नम्बरमै रहेको जानकारी दिए। ‘हाम्रो मुद्दा पहिलो नम्बरमै छ, आज सुनुवाइ हुनेमा विश्वस्त छौँ’, उनले भने।यसअघि […]

बिराटनगर ।कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा […]