३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

सभामुख क्रिकेट कपको फाइनलमा सिरहा

Logo
न्यूजमधेश प्रकाशित बुधबार, माघ १७, २०८०

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो ।

रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो सेमिफाइनल खेल भएको थियो । टस जितेर सिरहा टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । सिरहाका खेलाडीहरु ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ४७ रनको लक्ष्य महोत्तरी टिम समक्ष प्रस्तुत गरेका थिए ।

सिरहाका लागि रुपेश सिंह सार्वधिक ४५ बलमा ३४, अशोक यादव ३५ बलमा २१, ओपनर शैलेन्द्र साह २० बलमा १७ र रिसब कार्की १९ बलमा १७ रनको योगदान दिए । यस टिमका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सिरहाको पहिलो विकेट २३ रनमै पवलेलियन फर्किएका थिए ।

महोत्तरीका लागि बलिङ गरेका नितेश यादवले कशिलो बलिङ गरेका थिए । उनले आठ ओभरमा २८ रन खर्चेर चार विकेट लिए । महोत्तरीकै लागि विनोद सहनी तीन, अभिषेक तिवारी दुई र रमेश सहनीले एक विकेट लिएका थिए । मध्यम लक्ष्य पाएका महोत्तरी जवाफी ब्याटिङमा कमजोर देखिएका थिए ।
महोत्तरीका खेलाडीहरु २९ ओभर दुई बलमै सबै विकेट गुमाए । र, टिमको स्कोर पनि उच्च राख्न सकेनन् । ७८ रनमै सबै विकेट गुमाएका महोत्तरी प्रतियोगिताकै सबैभन्दा कम स्कोर बनाउने टिम छन् । महोत्तरीका लागि नविन यादवले ५५ बलमा २१ रन टिमको खातामा जोडे । महोत्तरीकै रवि कुमार सिहंले १९ बलमा १८ र श्याम मण्डलले ४३ बलमा १३ रन बनाए ।

सिरहाका लागि बलिङ गरेका पार्थिव यादवले तीन, तृपेश्वर मुखियाले तीन, प्रदिप पासवानले दुई र अफरुदिन राइनले एक विकेट लिए । यस खेलको म्यान अफ दी म्याच पार्थिव यादव घोषित भएका थिए । दोस्रो सेमिफाइल विहीबार धनुषा र बाराबीच हुने खेल तालिका छ । दोस्रो सेमिफाइनलको विजयी टिम फाइनलमा सिरहासंग प्रतिस्पर्धा गर्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन्। साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।

जनकपुरधाम । मधेस प्रदेश सत्ता परिवर्तन अन्तिम चरणमा पुगेको छ । आइतबार एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिएका छन् । अब सरकारमा जसपा नेपाल मात्रै छ । प्रदेश सभामा जसपा नेपालको १९ सिट छ । यो दल आफैँ केही दिनअघि विभाजित भएको थियो । नवगठित जसपामा कति सांसद जानेछन् भन्ने प्रष्ट छैन । लोसपा तथा […]

जनकपुरधाम । मधेश सरकारका तीन मन्त्री सर्लाहीको बरहथवामा आयोजक एक कार्यक्रम बीचमै छाडेर हतार हतार जनकपुरधाम आइपुगेका छन् । बरहथवा नगरपालिका ३ स्थित एक विद्यालयमा चाइना एडको सहयोगमा संयुक्त राष्ट्रसंघीय कार्यक्रम अन्तर्गत महामारी रोकथाम तथा पुनः स्थापनाका लागि दुर्गम क्षेत्रका विद्यालय र समुदायलाई सहयोग परियोजनाको कार्यक्रम थियो । उक्त कार्यक्रममा चिनियाँ राजदूत चेन सोङ्ग पनि […]