२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

‘झिझिया’मा झुम्दै तराई मधेश

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

सोलिन्द्र चौधरी , जनकपुरधाम । ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनएलियै हो । बरहम बाबा झिझिया पर होहि हो सवार।’

तराई मधेशका हरेक स्थानमा अहिले यो मैथिली लोक गीत सुन्न सकिन्छ। खासगरी, दशैंमा दुर्गा पूजा हुने स्थानहरूमा साँझ र अबेर रातिसम्म साउन्ड बक्स र लाउडस्पिकरहरूमा यही गीत बजिरहेको हुन्छ। दशैंका बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो गीतलाई ‘झिझिया’ भनिन्छ। साउन्ड बक्समा लोकभाकामा बज्ने यो गीतले सबैलाई झुमाइरहेको हुन्छ।

प्वाल पारिएको तीनदेखि चार वटा गाग्रो, गाग्रोभित्र बल्दै गरेको दीप। र, ती गाग्रो टाउकोमा राखी महिलाहरू झिझिया गीतमा नृत्य गरिरहेको दृष्यले सबैलाई झुमाइरहेको हुन्छ। झिझिया नृत्यलाई तान्त्रिक नृत्यसमेत भन्ने गरिन्छ। तराई मधेशको हरेक स्थानमा अहिले यो मैथिली लोक गीत सुन्न सकिन्छ। खास गरेर दशैंमा दुर्गा हुने स्थानहरुमा साँझ र अबेर रातीसम्म साउड बक्स र लाउडस्पिकरहरुमा यहि गीत बजिरहेको हुन्छ। दशैंको बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो गीतलाई ‘झिझिया’ गीत भनिन्छ। साउण्ड बक्समा लोकभाकामा बज्ने यो गीतले सबैलाई झुमाइ रहेका हुन्छ।

प्वाल पारिएको तीनदेखि चारवटा गाग्रो। गाग्रोभित्र बल्दै गरेको दिप। र, ती गाग्रो टाउकोमा राखी महिलाहरु झिझिया गीतमा नृत्य गरिरहेको दृष्यले सबैलाई झुमाइ रहेको हुन्छ। भिझिया नृत्यलाई तान्त्रिक नृत्यसमेत भन्ने गरिन्छ।

छैटौं शताब्दीदेखि ११औं शताब्दीसम्मको समयतन्त्र शक्तिको रहेकाले त्यही बेलादेखि झिझियाको प्रारम्भ भएको जनविश्वास छ। समाजमा तन्त्र विद्या हावी रहेका बेला बोक्सीको टुनामुनाको प्रभाव बालबालिकामा परेको बताउँदै त्यसलाई अन्त्य गर्न झिझिया नृत्यको शुरुवात भएको बताइन्छ।

तन्त्र शक्तिद्वारा बालबालिकामाथि खतरा बढ्न थालेपछि महिलाहरूले आफ्ना सन्तानलाई जोगाउन यो नृत्यको शुरुवात गरेको हो। देवी उपासनाको एउटा पक्षको रूपमा लिइने यस नृत्यमा महिलाहरूबाट शुरुवात गरिएको यस नृत्यबाट तान्त्रिक शक्ति परास्त भएको विश्वास छ।

ग्रामीण क्षेत्रमा रहेको ब्रम्ह स्थान (डिहबार) पुगी मन्त्र सिद्ध गर्ने गरिन्छ भने गीतमा गाएर देवीको रूप श्रृंगार र ब्रम्हको वर्णन गरी खुशी पारिन्छ । दशैंमा बज्ने झिझिया गीतमा पनि देवी र ब्रम्हको वर्णन गरिएको हुन्छ।

यस नृत्यमा महिलाहरू तन्त्र शक्तिबाट बँच्न घेरा हाल्ने गर्छन् र बीचमा एक महिला प्वाल भएको गाग्रीमा बलिरहेको दीप राखेर गाग्रीलाई टाउकोमा राखी नाच्ने गर्छन्।

अन्य महिलाहरू गीतको माध्यमबाट बोक्सीलाई गाली गर्ने गर्छन्। गाग्रीमा भएको बोक्सीले गन्दा त्यसको मृत्यु हुने जनविश्वास छ । यसैगरी, गाली गर्दा सहन नसकी महिलाहरूसँग झगडा गर्ने र बोक्सीको पहिचान हुने जनविश्वास रहेको प्राध्यापक परमेश्वर कापडी बताउँछन् ।

विगतमा ग्रामीण क्षेत्रमा गाइने झिझिया गीत र नृत्य अहिले हराउन थालेको छ। तर, ग्रामीण क्षेत्रमा लोप हुँदै गएको झिझिया नृत्य र गीतलाई शहरी क्षेत्रले जीवन्तता दिने प्रयास गरेको छ। विगतमा ग्रामीण क्षेत्रका महिलाहरू झिझिया गीतमा नृत्य गर्दै घरघर पुग्ने गर्थे। तर, अहिले यो परम्परा लगभग हराइसकेको छ।

दशैंको अवसरमा दुर्गा पूजामा जुटेका जनकपुरका युवाले हरेक साँझ झिझिया नृत्य आयोजना गर्दै आएका छन्। आधुनिकताको व्यापक प्रभाव बढी रहे पनि दशैंका बेला बज्ने झिझिया गीत युवा पुस्तादेखि बुढापाखा सबैलाई मन्त्रमुग्ध बनाइरहेको हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]