१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

रास्वपा महामन्त्री ढकाल भन्छन् : मैले बिहा गर्ने कि नगर्ने, केन्द्रीय समितिले निर्णय गरोस्

Logo
न्यूजमधेश प्रकाशित बुधबार, आषाढ १९, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी निर्माणका लागि जीवन समर्पण गर्न तयार रहेको बताएका छन् । बुधबार बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रूपमा आफ्ना धारणा राख्न खोजेका थिए ।

बैठकलाई प्रत्यक्ष प्रसारण गर्न भनेपछि उनलाई बोल्न दिइएको थिए । शुक्रबार पार्टी केन्द्रीय अनुशासन आयोगले सोधेको स्पष्टीकरणको जवाफसहित उनले राख्न खोजेका प्रस्ताव सञ्चारमाध्यमबाट भने सार्वजनिक भइसकेको छ ।

उनले आफ्ना व्यक्तिगत जीवनलाई समेत विवादको विषय बनाइएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । आफ्नो विवाहलगायतका जीवनका अन्य कुरा पनि पार्टीले गरेको निर्णयअनुसार गर्न आफू तयार रहेको महामन्त्री ढकालको भनाइ छ । ‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस्,’ महामन्त्री ढकालले भनेका छन् ।

महामन्त्री ढकालले आफूले सहे पनि ‘गलफ्रेन्ड’को कुरा गरेर कसैको सम्मान नभएको बताएका छन् । उनले अगाडि भनेका छन्,’देश निर्माण र देश निर्माणका लागि पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागि जीवन नै समर्पण गरेको छु, गल्फ्रेन्डको कुरा गरेर, मलाई त केही छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । म जान पाइनँ, एक जना नारी जाने ? मेरो साटो भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा । मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]