२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

नव नियुक्त प्रदेश २ प्रमुख परियारलाई जनकपुरमा भव्य स्वागत

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

न्यूज मधेश,जनकपुरधाम। प्रदेश नम्बर.२ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियारलाई जनकपुरमा भव्य स्वागत गरेको छ।

मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका प्रदेश प्रमुख परियार बुधबार बिहान काठमाण्डौंबाट जनकपुर आएका हुन् ।

उनलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर बिमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् ।

एयरपोर्टको भिआईपी कक्षमा काठमाण्डौं जान लागेका उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले समेत स्वागत गरे । उनले मिथिला नगरीमा प्रदेश प्रमुख बनेर आएकोमा बधाई दिदै स्वागत गरे ।

स्वागत गर्न प्रदेश २ का मुख्यसचिव दिपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्की, प्रदेश २ का प्रदेश प्रदेशसभा सदस्यहरुले स्वागत गरेका थिए । प्रदेश प्रमुख परियारको स्वागतमा स्थानीय तहका जनप्रतिनिधि सहित नेकपाका कार्यकर्ताहरुको बाक्लो भिड लागेको थियो ।

उनले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । मधेश भवन भित्र रहेको प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरका हुन् । उनलाई भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले समेत स्वागत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]