०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

किशोरी सचेतना तथा साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, मंसिर ०५, २०७६

न्यूज मधेश,वीरगञ्ज।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज दोस्रो दिन वीरगंजको मुनलाईट मावि मा किशोरी सचेतना तथा साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मुनलाईट माविका प्रधानाध्यापक श्याम केसिको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा न. ५ का वडा अध्यक्ष प्रदिप चौरासिया, बिशेष अतिथिमा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा साइबर क्राइम बारे छात्राहरुलाई प्रहरी नायब निरिक्षिक बिजय शाहीले प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी डा.दिप्ती यादव र डा.प्रिती यादवले महिनावारीको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजिकरण वीरगंज युजा समाजका सचिब हेमन्त तामांग र प्रहरी हल्दार राजकुमारी थापाले गर्नुभएको थियो ।

सामाजिक सन्जालको दुरुपयोगमा विद्यार्थिहरुको संलग्नता रहेको पाइएको हुँदा साथै महिनावारीमा किशोरीहरु सचेत नहुँदा विभिन्न रोगबाट संक्रमितहुने भएकोले विद्यार्थि छात्राहरुलाई सचेत गराउन यो कार्यक्रमको आयोजना गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]