२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

बाराको गढिमाई मेलामा दिए १५ हजार राँगा बलि

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

न्यूज मधेश,बारा।पंचवर्षिय गढीमाई मेलामा १५ हजार रांगाको बलि दिएको आयोजकले बताए ।मंगलवार दिनभर राँगाको बली दिईएको र आज बुधवार बोका, हाँस, कुखुरा, परेवा लगायतको बली दिईने मन्दिरका पुजारी मंगल चौधरीको जानकारी दिएको छ ।

मेला ब्यवस्थापन समिती श्रोतका अनुसार मंगलबार दर्ता भएका मात्रै ११ हजार राँगा बली दिईएको छ ।

‘मंसिर १ गतेदेखी हालसम्म ११ हजार राँगा बलीका लागि दर्ता भएका थिए । बधशाला बाहिर दर्ता बिनै काटीएका राँगाहरुको यकिन तथ्यांक नभएपनी जम्मा १५ हजार काटिएको अनुमान गरेको आयोजकले भने ।’ नेपालबाट मात्रै नभएर छिमेकी मुलुक भारतबाट पनि बली चढाउन आउनेहरुको संख्या उल्लेख्य छ ।

प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाईको मेलामा मनोकामना पूरा भएपछि भाकलअनुसार यसरी राँगा, बोका, परेवा, मुसो, खरायो, कुखुरा लगायतको बलि दिन भक्तजनहरु मन्दिर आउने गर्दछन् । एक महिनासम्म चल्ने मेलामा बिशेषगरी बलि दिईने समयमा मन्दिर परिषरसम्म मानव सागर नै हुनेगर्दछ । बलिको पहिलो दिन मंगलबार मात्रै १० लाखले गढीमाईको दर्शन गरेको समितीका महासचिव मोतीलाल कुशवाहले जनाए । बलीको दोस्रो दिन आज बुधबार पनि सोही हाराहारीमा दर्शनार्थी आउने भन्दै उनले एक महिनाको अवधीमा एक करोडले दर्शन गर्ने अपेक्षा समितीले गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]