२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बम विष्फोट परि ज्यान गुमाएका मृतकको आत्माको शान्तिका लागि दिपप्रज्वलन

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२९मंसिर।धनुषाको महेन्द्रनगर बम विष्फोटको घटनामा मृत्यू भएका मृत आत्माको चिर शान्तिको कामना गर्दै दिपप्रज्वलन गरिएको छ ।

आज जनकपुरको जनकचौक स्थित युथ एसोसिएसन अफ नेपाल (यान ) र जिल्ला युवा संजाल धनुषाको अगुवाइमा मृतआत्माको चिर शान्ति र घाइतेहरुको सिघ्र स्वाथ्यलाभको कामना गर्दै दिपप्रज्वलन गरिएको हो ।

जिल्ला युवा संजाल धनुषाका महासचिव कुलदिप साह,संजालका सदस्य राहुल साह र यानका कोषाध्यक्ष नेमत खान र सचिव पप्पु राई ,राहुल मण्डल ,कुश यादव, सुजित साह लगायत युवाहरुको उपस्थितीमा दिपप्रज्वलन गर्दै १ मिनट मौनधारन गरेको थियो ।

क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित निकि मेडिकल हल संचालन गर्दै आएको क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको साधारण सदस्य रहेको राजेश साहको घरमा मंसिर २७ गते राति करिब १२ बजे भएको विस्फोटमा साह सहित निजका छोरा आनन्द साह तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर कुमार दहालको मृत्यू भएको छ भने ५ जना घाइते भएको छन ।

युथ एसोसिएसन अफ नेपालका सदस्य शिवा सिंहले मानवता विरोधी निन्दनीय काम गर्नेहरुको खोज अनुसन्धान गरी दोसीलाई कडा भन्दा कडा करवार्हीको माग गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]