२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

कठोर शितलहरलाई छल्न सिरहामा ‘न्यानो पारौं’ अभियान

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

मनोज बनैता

सिहरा,६ पुस।प्रदेश २ का उधोग, पर्यटन, वन तथा बातावरण राज्यमंत्री सुरेश मण्डलले सिरहामा ‘न्यानो पारौं’ अभियान शुरु गरेका छन । अभियानको शुरुवात गर्दै मन्त्री मण्डलले उक्त अभियानमा लागि पीडितलाई राहत दिन प्रदेशका सम्पूर्ण डिभिजन बन कार्यालयका अधिकारीसंग अनुरोध गरेका छन् ।

मन्त्री मन्डल आफु पनि सिरहाको विभिन्न ठाउमा पुगेर दाउरा बितरणमा सहयोग पुर्याएका छन । पैदल यात्री तथा दुई पाङ्ग्रे सवारी चालकलाई मध्ये नजर गरि सिरहा जिल्लाको विभिन्न चोकमा आगो बाली राहत प्रदानको काममा सरिक भएका छन । केही दिन देखिको लगातार जारी शितलहरका कारण मधेसको जनजीवन असाध्यै कष्टकर बनेको भन्दै राज्यमंत्री मण्डलले यस्ता अभियान शुरु गरेको उनी बताउँछन् । उनले बिभिन्न निकायसँग समन्वय गरी आफुसँग भएका श्रोत साधन समेत परिचालन गरी ‘न्यानो बाँडौ’ अभियानमा तदारुकताका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्न वन अधिकारीहरुसंग आग्रह गरेका छन् ।

राज्यमंत्री मण्डल ‘न्यानो बाँडौ’ अभियानमा सम्पूर्ण डिभिजन बन कार्यालय, त्यसका प्रमुखलगायत सम्पूर्ण कर्मचारीहरुलाई दत्तचित्त भई लाग्न अनुरोध सामाजिक संजाल फेसबुक मार्फत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]