२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

नयाँ वर्ष २०२० को अवसरमा वेलकम २०२० कार्यक्रम आज जनकपुरको रेल्वेस्टेसनमा हुने

Logo
प्रकाशित मंगलबार, पुष १५, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,१५ पुस । प्रदेश २ को प्रस्तावित राजधानी तथा धार्मिक नगरी जनकपुरमा अंग्रेजी नयाँ वर्ष २०२० को पूर्वसन्ध्यामा कलाकारहरु जनकपुर तताउने भएका छन् । पर्यटक देखि नेपाली युवा पुस्ता न्यु इयर इभ मनाउन तयारी अवस्थामा रहेको समयमा जनकपुरको रेल्वे स्टेशनमा सांगितिक कार्यक्रमको आज ( मंगलबार ) हुने भएको छ ।

खासगरी नयाँ वर्षको पूर्वसन्ध्यामा धार्मिक पर्यटकीय नगरी जनकपुरको रेल्वे स्टेशन प्रांगणमा विभिन्न कार्यक्रम हुँदै छ । आयूशी ईन्टरटेन्टमेन्ट ईभेन्टम्यानेजमेन्ट जनकपुरको आयोजनामा मंगलबार साँझ सांगितिक कार्यक्रम हुने भएको छ । भारतका चर्चित कलाकार सभ्यता गिरी तथा नेपालका यूवराज केशरी, सरोज निरालाले आप्mनो प्रस्तुति दिनेछन् ।

आयूशी ईन्टरटेन्टमेन्ट ईभेन्टम्यानेजमेन्ट जनकपुरका अध्यक्ष तथा मोेडेल पुष्पा यादवका अनुसार न्यु इयर इभका अवसरमा भारत तथा नेपालका दर्जनौं कलाकार, गायक र मोडेलले साँझ सांगितिक प्रस्तुति दिदैंछन् ।

पुसको चिसोमा कलाकारको टिमले जनकपुरको माहोल तलाउने पक्का छ, कार्यक्रमका संयोजक निरज नेपालले बताए । विदेशी पर्यटकदेखि नेपाली सम्म न्यु इयर इभ मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने तयारीमा छन् ।

कार्यक्रममा मोेडेल माहि खान, ज्योती साह, शारथी लामा, आयूशा श्रेष्ठ, सन्ध्या मण्डल, समराट ठाकुर, प्रेम सिंह र रामसरोज यादवलले समेत प्रस्तुति दिदैंछ । गायक संजय यादव, रुद्र सिंह विश्वकर्मा, जागेश ठाकुरले माहोल तताउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]