२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

उपमहानगरका कर्मचारीद्वारा ‘पेनडाउन’को घोषण

Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम ,२४ पुस।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमा भएको कुटपिट विषयलाई लिएर आन्दोलनको घोषणा गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका कर्मचारी इकाई एशोसिएसन समितिले पुस २५ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कालोपट्टी बाँधी ‘पेनडाउन’ गर्ने निर्णय गरेको छ। ‘पेनडानबाट नगरबासीमा पर्ने असुविधाका लागि क्षमाप्रार्थी छौँ’, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मंगलबार दिउँसो नगर प्रमुख साहको कार्यकक्षमा विवाद चर्किएपछि कर्मचारी र पत्रकारबीच कुटाकुट भएको थियो। उक्त घटनामा वडासदस्य सुनिता मेस्तरनी र महिला कर्मचारी प्रमिला मण्डल, मिना साह र पुष्पा यादव घाइते भएकी छन्। उनीहरूलाई पत्रकारले कुटपिट गरेको नगरपालिकाका कर्मचारीले जनाएको छ।

यता, घटनापछि बुधबार नेपाल पत्रकार महासंघले कुटपिट गर्ने नगर प्रमुख पक्षका व्यक्तिलाई कारबाही गर्न पाँचदिने अल्टिमेटम दिँदै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाका छन्। सोही दिन जनकपुरधाम कर्मचारी इकाई एशोशिएसनले पनि प्रजिअ कणेललाई नै ज्ञापनपत्र बुझाउँदै कुटपिट गर्ने पत्रकारलाई कानूनी कारबाही गर्न माग गरेका छन्। घटनामा महासंघले कुटिएका पत्रकारमध्ये केहीले स्वयं कसैले कुटपिट नगरेको र नसोधेरै नाम उल्लेख गरेको जनाएका छन्।

पत्रकारबाट कुटिएको भनिएकी महिलाहरू भने प्रादेशिक अस्पताल जनकपुरमा भर्ना छन्। घाइते महिलालाई बिहीबार नगर प्रमुख साह अस्पतालमै पुगेर भेटघाट गरी अवस्था बुझेका छन्। मेयर साहले पनि पत्रकार जबरजस्ती कार्यकक्षमा पुगेर प्रतिक्रिया लिन खोजेको र कुटपिट गरी महिलालाई घाइते बनाएको बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]