१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

आज जनकपुरधामको बारबिघामा डा सीके राउतको आमसभा हुने

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,११ माघ।डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आज शनिबार जनकपुरधाममा आमसभा हुने भएको छ।

आमसभाको सम्पुर्ण तयारी पुरा भएको सो पार्टीका धनुषा इन्चार्ज इन्द्रजित यादवले जानकारी दिएका छन। उनका अनुसार जनकपुरको रंगभुमि मैदानमा आज शनिवार दिउसो १ बजे सभा सुरु हुने भएको छ। सभामा ठूलो संख्यामा जनता उतार्न ब्यापक प्रचार प्रसार गरिएको छ ।

सभामा पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतले सम्बोधन गर्नेछन् ।अहिले डा. राउत संगठन निर्माणमा सक्रिय भएका छन् । उनी मधेसको विभिन्न जिल्लामा आमसभा गरिदै आइरहेको छ।

डा. राउत सरकारसंग ११ बुंदे सम्झौतापछि मुलधारको राजनीतिक सुरू गरेका छन् । उनले पछिल्लो समय मधेसबादी दलका नेताहरुको कडा आलोचना गर्छन् ।

मधेसी नेताहरु व्यक्तिगत स्वार्थमा लागेकै कारण मधेसको मुद्दा सम्बोधन नभएको डा. राउत बताउदै आएका छन् । उनको सभामा मधेसी जनता उर्लिने गर्छन् ।

डा. राउत अहिले पनि जनमत संग्रहको माग गरिरहेका छन् । उनले जनता राज ल्याउन र भ्रष्टाचार अन्त्य गर्न आमसभा गरिरहेको बताउंछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]