२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

आज जनकपुरधामको बारबिघामा डा सीके राउतको आमसभा हुने

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,११ माघ।डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आज शनिबार जनकपुरधाममा आमसभा हुने भएको छ।

आमसभाको सम्पुर्ण तयारी पुरा भएको सो पार्टीका धनुषा इन्चार्ज इन्द्रजित यादवले जानकारी दिएका छन। उनका अनुसार जनकपुरको रंगभुमि मैदानमा आज शनिवार दिउसो १ बजे सभा सुरु हुने भएको छ। सभामा ठूलो संख्यामा जनता उतार्न ब्यापक प्रचार प्रसार गरिएको छ ।

सभामा पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतले सम्बोधन गर्नेछन् ।अहिले डा. राउत संगठन निर्माणमा सक्रिय भएका छन् । उनी मधेसको विभिन्न जिल्लामा आमसभा गरिदै आइरहेको छ।

डा. राउत सरकारसंग ११ बुंदे सम्झौतापछि मुलधारको राजनीतिक सुरू गरेका छन् । उनले पछिल्लो समय मधेसबादी दलका नेताहरुको कडा आलोचना गर्छन् ।

मधेसी नेताहरु व्यक्तिगत स्वार्थमा लागेकै कारण मधेसको मुद्दा सम्बोधन नभएको डा. राउत बताउदै आएका छन् । उनको सभामा मधेसी जनता उर्लिने गर्छन् ।

डा. राउत अहिले पनि जनमत संग्रहको माग गरिरहेका छन् । उनले जनता राज ल्याउन र भ्रष्टाचार अन्त्य गर्न आमसभा गरिरहेको बताउंछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]