२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

महिला र बालबालिकाहरुको प्रवेशमा रोक,मुसलमानहरुको सभामा भारी भीड,टेण्ट बाहिर सहभागि

Logo
प्रकाशित आइतबार, फाल्गुण ०४, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,४ फाल्गुन।मुसलमानहरुको अन्तराष्ट्रिय धार्मिक सम्मेलन सप्तरी जिल्लाको बोदेबर्साइनमा शनिवारदेखि प्रारम्भ भएकोछ ।

नेपाल,भारत,बंगलादेश,पाकिस्तान लगायत कयौं देशका मुसलमानहरुको भारी सहभागिता रहेको सम्मेलनको दिल्लीबाट आएका हजरत मौलाना सादले औपचारिक रुपमा प्रारम्भ गरेका छन् ।सभा तीन दिन सम्म चल्नेछ ।

जाँजरस्थित खड्ग नदी किनारमा सभाको आयोजना गरिएको छ।कयौं लाख मुसलमानहरुको सहभागिता रहेको सभामा सहभागीहरु आउने क्रम रोकिएको छैन् ।‘सहभागीहरु आउने क्रम जारी रहेको छ’ आयोजक समितिका मोहम्द इब्राहिमले भने, ‘ आईतबापनि सहभागीहरु आउनेछन् ।’अझैपनि थुप्रै मानिसहरु बाटोमा नै रहेकाले उनीहरु आइतवार सम्म कार्यक्रम स्थलमा पुग्ने उनले बताए ।

भारतबाट मानिसहरुलाई ओसार्न दुई दर्जन बससंचालन गरिएको छ । भारतीय सीमाबाट उनीहरुलाई कार्यक्रम स्थल सम्म ल्याउने गरिएकोछ ।

शनिबार सभास्थलमा तयार पारिएको टेन्टमा सहभागी अटाउन नसक्दा अधिकांस सहभागि खुल्ला आकाशमुनी नवाज पढे । उनीहरु बाहिरै बसेर प्रवचन समेत सुने ।

सभास्थलमा महिला र बालबालिकाका प्रवेशलाई निषेध गरिएको छ । महिला र बालबालिका भित्र प्रवेश गर्ने प्रयासगर्दा स्वयंसेवकहरुले उनीहरुलाई बाहिरबाटै फर्काउने गरेको आयोजकहरुले जनाए ।

नेपाल र भारतीय मुसलमानहरुको मात्र सहभागिता रहने बताइएपनि पाकिस्तान, बंगलादेश लगायत कयौं मुलुकबाट भारी संख्यामा सहभागिहरु आएका छन् ।

संघीय सरकारले कार्यक्रममा रोक लगाएपनि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सभा संचालन गर्न गृहमन्त्रालयले अनुमति दिएको थियो । गृहले तेस्रो मुलुकबाट आएकालाई फर्काउने शर्तमा अनुमति दिएको भएपनि कोहीपनि फर्केका छैनन् ।

तर सरकारको आदेश बमोजिम अन्य देशबाट आएकालाई फर्काइएको मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीले बताए ।

मुस्लिम धर्माम्बलीको धार्मिक सभामा औपचारिक रुपमा उद्घाटन र भाषण नगरि सोझै प्रवचनबाट नै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

धार्मिक प्रवचनमा सहभागी हुन भारतको राजधानी दिल्लीबाट आएका हजरत मौलाना साद मुख्य प्रवचनकर्ता रहेको अन्सारीले बताए ।

साद जमात विश्वका अध्यक्ष समेत हुन् । उनीसँगै नेपाली जमातका अध्यक्ष निसारुद्दिनको पनि सहभागिता रहेको छ ।

सभास्थलामा केहि सय बिघा जमिनमा टेन्ट,शौचालय निर्माण गरिएको छ । सभा स्थल आसपास एक लाखभन्दा बढी ठूला, मझौला तथा साना सबारीसाधन पार्किङ्ग गरिएको छ ।

सवारीसाधनको व्यवस्थापन गराउन आयोजकले आफ्नै जनशक्ति परिचालन गरेकोछ । सभास्थलमा स्वास्थ्य शिबिरका साथै खाने प्रबन्ध मिलाइएको छ । कतिपय सहभागीहरु आफैं ग्यास सिलिण्डर, चूल्होसहितका खाद्य सामग्री बोकेर ल्याएका छन् ।उनीहरुलाई सुत्नका लागि सोही ठाउँमा छुट्टाछुट्टै टेन्ट निर्माण गरिएको छ ।

सभास्थल आसपास सुरक्षाकर्मी पनि ठूलो संख्यामा परिचालन गरिएको छ । नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको सप्तरीका एसपी कृष्ण प्रसाइले जनाए ।

मुस्लिम समुदायले धार्मिक सभा आयोजना गरेको बोदे बर्साइन नगरपालिका क्षेत्रमा मदिरा बिक्री, बितरणमा रोक लगाइएको छ ।

नगरपालिकाले सभा हुने समय तीन दिन सम्मकै लागि बोदे बर्साइन बजार तथा आसपासका क्षेत्रमा मदिरा बिक्री, बितरण र प्रयोगमा रोक लगाएको हो ।

मुख्यमन्त्री राउतपनि सहभागि

मुस्लिम धार्मिक सभाबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतपनि कार्यक्रममा सहभागि भए । शनिबार राति सभास्थलमा आइपुगेका मुख्यमन्त्री राउतले सभाको बिषयमा चासो राखेको आयोजकले जनाएको छ ।

मुख्यमन्त्री राउत राति आएर मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीसहित आयोजकका पदाधिकारी एवं अगुवासँग छलफल गरे । मुख्यमन्त्री राउतले सहभागीहरु ठूलो संख्यामा रहेकाले कसैलाई कुनै किसिमको समस्या हुन नदिन ध्यान दिनुपर्नेमा जोड् दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]