२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो:मुख्यमन्त्री राउत

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, ७ फाल्गुण । मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो रहेको बताउनु भएको छ।

७० औ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि वलिदानी दिएका सयौ विर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको विर योद्धाहरु प्रति सम्मान समेत प्रकट गर्नु भयो् ।

लोकतन्त्रको उच्चतम विन्दु संघीय लोकतान्त्रिक गणतन्त्र आइ सकेको अवस्थामा विर शहीद एवं योद्धाहरुले देखेको समृद्धि र विकासको सपना पुरा गर्ने जिम्मा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको काँधमा आएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले इमान्दारिताका साथ काम गर्नु आजको आवश्यका रहेको उल्लेख गर्नु भयो ।

उहाँले विभिन्न आन्दोलनको क्रममा लगाईका झुठा मुद्दाका कारण जेल जिवन यापन गरि रहेका योद्धाहरुको मुद्दा फिर्ता लिन संघीय सरकार संग आग्रह समेत गर्नु भयो ।कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले प्रमुख अतिथिको आसन बाट झण्डोतोलन गर्नु भएको थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, जनकपुर उपमहानगरका उपप्रमुख रिता मिश्र सहितको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।