२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

मुख्यमन्त्री राउतले दिए प्रचण्डलाई यस्तो जवाफ–सरकार परिवर्तनको सपना नहेर्दा हुन्छ !

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१४फाल्गुण। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश २ को सरकार परिवर्तन हुन सक्ने भनी दिएको अभिव्यक्तिको मुख्यमन्त्री लालबाबु राउतले चेतावनीसहित जवाफ दिएका छन् ।

स्व. महेन्द्र नारायण निधिको ९८औ जन्म जयन्ती दिवसको अवसरमा नेपाली कांग्रेस धनुषाले जनकपुरधाममा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार परिवर्तन गर्ने सपना नदेख्न चेतावनी दिएका हुन् । संघीयतालाई मजबुत बनाउन अघि बढिरहेको प्रदेश सरकार परिवर्तन नहुने उनको भनाई थियो ।

‘प्रदेश सरकार परिवर्तन हुनुको मतलव संघीयता धरापमा पर्नु हो’ राउतले भने, “संघीयतालाई बर्बाद गर्नकै निम्ति यस्तो किसिमको अभिव्यक्ति नेताहरुले दिइरहनुभएको छ ।”

यसअघि पटक–पटक संघीय सरकार संघीयता टिकाउन नचाहेको अभिव्यक्ति दिइरहने मुख्यमन्त्री राउतले मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै भाषण दिए । धरापमा पार्न केहि नेताहरुले प्रदेश २ को समाजवादी राजपा गठबन्धनको सरकार खसाउने अभिव्यक्ति दिइरहेको बताए ।

मुख्यमन्त्री राउतले जहिल्यै पनि प्रदेश २ सरकारप्रति नै गिद्दे दृष्टि राख्नु जायज नभएको बताए । दाहालसहितका नेकपा नेताले यसअघि पनि धेरै पटक प्रदेश सरकार परिवर्तनको बारेमा बोलेको मुख्यमन्त्रीको आशय थियो ।

दाहालको नाम नलिएर मुख्यमन्त्री राउतले ‘केही नेताहरु मञ्चपिच्छै बोली फेर्दै सरकार परिवर्तनको सपना देखिरहेको बताए । प्रदेश २ मा आएपछि प्रदेश २ सरकारलाई नै ढाल्ने अभिव्यक्ति नेताहरुले दिने गरेको उनको भनाई छ । ‘यस्तो सपना नहेर्न म आग्रह गर्दछु’ उनले भने, “कसैले चाहँदैमा यो सरकार परिवर्तन हुँदैन् ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष दाहालले गत आईतबार धनुषाको मिथिला बिहारी नगरपालिकामा मिथिला माध्यिमिकी परिक्रमाको डोला उद्घाटन गर्न आउँदा प्रदेश २ को सरकार परिवर्तन हुने अभिव्यक्ति दिएका थिए । दाहालले प्रदेश सरकार परिवर्तनका लागि आफूले समाजवादी र राजपा दुबैसँग कुरा गरिरहेको बताएका थिए । संचारकर्मीले कहिलेसम्म प्रदेश सरकार परिवर्तन हुन्छ ? भनी राखेको जिज्ञासामा दाहालले यो मिति अहिले तोक्न नसकिने बताएका थिए ।

कार्यक्रममा मुख्यमन्त्री राउतले स्व. महेन्द्रनारायण निधिले लोकतन्त्रको आन्दोलनमा खेलेको भूमिकाबारे चर्चा गरे । तत्कालिन समयमा मधेशमा भईरहेको उच्च बसाई सराईलाई कडा विरोध गरेर मधेशप्रतिको भावनालाई निधीले प्रकट गरेको मुख्यमन्त्रीले स्मरण गरे ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिले खेलेको भूमिका सदैव स्मरणीय रहने बताउँदै उनको लोकतन्त्रप्रतिको आस्था, विचार र सिद्धान्तले उहाँलाई लोकतन्त्रकै निधि बनाएको बताए ।

कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीद्वय महेन्द्र यादव र रामकृष्ण यादव, प्रदेश २ का संसदीय दलका नेता राम सरोज यादव सहितकाले स्व. निधिको व्यक्तित्वको बिषयमा आ–आफ्ना धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]