२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मुख्यमन्त्री राउत बने यसवर्षको महामुर्ख

Logo
प्रकाशित सोमबार, फाल्गुण २६, २०७६

परबिन पण्डित
जनकपुरधाम,२६फाल्गुण।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यसवर्षको महामुर्ख बन्ने भएका छन् ।

होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक जनालाई महामुर्ख घोषणा गर्ने गर्छ।

मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने यो महामूर्खको पदवी यसपटक मुख्यमन्त्री राउतलाई दिन लागेको जनाएको छ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलन गर्दै आएको छ।

सोही कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुलाई विभिन्न हास्यव्यंग्य पदवी प्रदान गर्ने गरेको छ। सोमबार दिउँसो जानकी मन्दिर प्रांगणमा सुरु हुन लागेको महामूर्ख सम्मेलनमा हास्य–व्यंग्य नाटक, गीतसंगीत, कविता, जोगिरालगायत प्रस्तुत गरिने कार्यक्रम रहेको मिनापले जनाएको छ।

यस कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्व, कलाकार, दर्शक भरपुर आनन्द लिने गर्दछन्। यो कार्यक्रम हेर्न दर्शकको भीड लाग्ने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।