२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

मुख्यमन्त्री राउत बने यसवर्षको महामुर्ख

Logo
प्रकाशित सोमबार, फाल्गुण २६, २०७६

परबिन पण्डित
जनकपुरधाम,२६फाल्गुण।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यसवर्षको महामुर्ख बन्ने भएका छन् ।

होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक जनालाई महामुर्ख घोषणा गर्ने गर्छ।

मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने यो महामूर्खको पदवी यसपटक मुख्यमन्त्री राउतलाई दिन लागेको जनाएको छ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलन गर्दै आएको छ।

सोही कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुलाई विभिन्न हास्यव्यंग्य पदवी प्रदान गर्ने गरेको छ। सोमबार दिउँसो जानकी मन्दिर प्रांगणमा सुरु हुन लागेको महामूर्ख सम्मेलनमा हास्य–व्यंग्य नाटक, गीतसंगीत, कविता, जोगिरालगायत प्रस्तुत गरिने कार्यक्रम रहेको मिनापले जनाएको छ।

यस कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्व, कलाकार, दर्शक भरपुर आनन्द लिने गर्दछन्। यो कार्यक्रम हेर्न दर्शकको भीड लाग्ने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]