१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

कोमामा परेका सादा घर फर्के , सम्मान मधेश साउदी र कतारद्वारा आर्थिक सहयोग

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

परबिन पण्डित
जनकपुरधाम,२८फाल्गुण।धनुषा जिल्लाको हसपुर नगरपालिका वडा नं.५ स्थित सुगा निकाशका श्री राम वलि सादाले बिगत ३ वर्ष देखि कतारमा कोमामा परि अहिले घर फर्केका छन्।

सादाले परिवारको सपना साकार बनाउने सपनाहरु मनमा सजाउदै, घरमा पत्नी सोभा देबि र २ओटा छोरा एक छोरी छोडेर बिदेशिएका सादा कोमामा परि आफ्नो घर फर्किदा पारिवारिक जीवन धेरै दु:ख कष्टमा विताउन बाध्य भएका छन् ।

छोराछोरी पढाउन र घर परिवार चलाउनको लागि सम्मान मधेश साउदी र कतारको संस्थाद्धारा पिडत सादाको परिवारलाई आर्थिक सहयोग जुटाइ २५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेका छन्।

सहयोग संकलनमा साउदीमा क्रियाशिल “सम्मान मधेश”साउदी गलोवल पोट दम्माम मिनापोटका अध्यक्ष प्रमोद कुमार यादवले ११,००० नेपाली रुपैयाँ, सम्मान मघेश कतार परिवारद्वारा १४,५५५ नेपाली रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको थियो ।

सादाको परिवार लाई “सम्मान मधेश” कतारका अध्यक्ष श्रीप्रताप साह,केन्द्रीय उपाध्यक्ष चन्द्रकिशोर यादव,ईन्डिया अध्यक्ष डा.शतिस ठाकुर,नेपाल का पदाधिकारी राजकुमार यादव,अमरेश साह,खुशिलाल मण्डल,गोपाल ठाकुर लगाईत शम्भु महरा उनको घरमै पुगेर उनको श्रीमति सोभा देवि सादालाई संकलित रकम नगद २५ हजार ५ सय ५५ नेपाली रूपैयाँ हस्तानान्तरण गरेका थिए ।

केन्द्रीय अध्यक्ष त्रिलोकी साह, उपाध्यक्ष चन्द्र किशोर यादव जीले सादाका लागि आर्थिक सहयोग गरदिनु भनेर भिडियो सार्वजनिक गरिए संगै माथिको रकम संकलित गरिएको कुरा सम्मान मधेश केन्द्रीय अध्यक्ष त्रिलोकी शाहले जानकारी गराए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]