२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

राजपाका सर्लाही अध्यक्ष मण्डलको संयोजकमा वर्मा

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

मनोज यादव
सर्लाही ,३० फाल्गुण।राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीको अध्यक्ष मण्डलको संयोजक पदको जिम्मेवारी जवाहरलाल वर्मालाई दिइएको छ ।

वर्मालाई राजपा नेपाल सर्लाहीको अध्यक्ष मण्डलको पुर्व निर्णय तथा चक्रिय प्रणाली बमोजिम २०७६ साल चैत्र १ गतेदेखि लागू हुने गरि सर्वसम्मतिबाट सर्लाही जिल्ला संयोजक पदको जिम्मेवारी दिइएको अध्यक्ष मण्डलका सदस्य रामरिख यादवले जनाएको छ ।

आफुले पाएको जिम्मेवारीलाई राम्रो सँग बहन गर्न ,पार्टी र बर्गीय संगठनहरूकाे गतिविधि तिव्रपार्ने , पार्टीको क्रियाकलापहरु प्रभावकारी, चुस्त,दुरुस्त र नियमित रूपमा संचालन गर्ने संयोजक वर्माले बताउनु भयो ।

उहाँलाई पार्टीको सदरमुकाम मलंगवा वडा न-८ स्थित कार्यालयमा आयोजना भएको कार्यक्रमका बिच अध्यक्ष मण्डलका सदस्य राम प्रसाद राय, नागेश्वर महतो,रामरिख यादव तथा आमन्त्रित अतिथिहरु सतिसचन्द्र झा,विजय कुमार मिश्र लगायत पार्टीका जिल्ला ,नगर तथा गाउँ स्तरका नेताहरुको उपस्थितिमा जिल्ला संयोजक(पुर्व)शुशिल कुमार यादवले जिल्ला संयोजक पदको जिम्मेवारी सुम्पेको पार्टीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]