२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

लामो दुरीका सवारी साधनमा टाईम कार्ड

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

न्यूजमधेश सम्बादाता
जीतपुर,८ चैत्र । प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले शुक्रबारबाट लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा टाईम कार्ड लागु गरेको छ ।

यस प्रदेशका ८ ओटै जिल्लाबाट शुरु गरीएको यस अभियानको क्रममा चालकलाई सार्वजनिक सवारी साधनमा डस्टबिन र आगो नियन्त्रक साधन अनिवार्य राख्नुका साथै चालक ज्याकेट लगाउन चालकहरुलाई अभिप्रेरित गरिने प्रहरी उपरिक्षक महतोले जानकारी दिए ।

‘सडक सुरक्षा सचेतना अभियान’ अन्तरगत प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले यो अभियानको शुरुवात गरेको हो ।

अभियानको अन्तरगत प्रदेश ट्राफिक कार्यालय पथलैयाले आज लामो दुरीका सवारी साधनहरुलाई निशुल्क रुपमा टाईक कार्ड बितरण गरेको छ । दुरीका अनुसार प्रत्येक ट्राफिक चेक प्वाईन्टलाई ध्यानमा राखेर टाईमकार्डमा समय निर्धारण गरीएको छ ।

प्रदेश नम्बर २ दुर्घटनाको उच्च जोखिम भएको प्रदेशको रुपमा रहेकोले यस दरलाई न्युनिकरण गर्ने उद्धेश्य सहित ‘सडक सुरक्षा सचेतना अभियान’ अभियानको रुपमा टाईम कार्ड लागु गरेको प्रदेश नम्बर २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक श्याम कुमार महतोले जानकारी दिए ।

प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले यस आर्थिक वर्षको फाल्गुन सम्ममा ७ सय ४६ ओटा सवारी दुर्घटनामा ३ सय २३ ओटाको मृत्यु भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]