२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

गफ चुट्दै दिन बिताउँदै स्वास्थ्यकर्मी

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

न्यूजमधेश सम्बादाता
सर्लाही ,९ चैत्र । सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायण खोलामा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउन बाध्य छन् ।

दूर्गम क्षेत्रमा रहेको चौकीमा मुश्किलले दैनिक एक÷दुई जनामात्र सेवाग्राही स्वास्थ्य सेवा लिन आउने हुँदा आफूहरु फुर्सदिलो भएकोे अनमी रीता भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो “ कुनै दिन त सेवाग्राही नै आउँदैनन । के गरेर बस्नु त रु सेवा बन्द गरेर घर जानु भएन रु”
कतिपय औषधि समयमै प्रयोगमा नआउँदा अवधिसमेत गुज्रिएको छ ।

सो चौकीमा पुग्न सवारी साधनको सहज पहुँच छैन । घण्टौँ हिँडेर सेवाग्राही सेवा लिन बाध्य छन् । स्वास्थ्य चौकी नजिकैका सीमित सेवाग्राही मात्र सेवा लिन आउने गरेको अनमी भण्डारीले जानकारी दिनुभयो ।

चौकीमा प्रसूतिसहितको सेवा उपलब्ध भए पनि अधिकांशले घरमा नै सुत्केरी गराउने गरेका स्वास्थ्य चौकीको तथ्याङ्कले देखाएको छ ।सो क्षेत्रको मुख्य बजार लालबन्दी रहेका कारण उपचार चौकीमा सेवाग्राही कम भएको जनाइएको छ ।

लालबन्दी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले स्वास्थ्य चौकी नारायणखोलामा महिनामा बल्लतल्ल ३०÷३५ सेवाग्राही आउने गरेका जानकारी दिनुभयो सो स्वास्थ्य चौकीमा अहिले दुई हेल्थ असिस्टेन्ट, दुई अहेब र एक अनमी कार्यरत छन् ।

सो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई नगरपालिकाले आन्तरिक स्रोतबाट तलबको आठ प्रतिशत बढी सेवा सुविधा प्रदान गर्दै आएको छ । नगरको विकट क्षेत्रको स्वास्थ्य चौकी रहेका कारण त्यहाँ खटिने स्वास्थ्यकर्मीलाई सो सेवा सुविधाको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]