२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

लक डाउन उल्लंघन गर्नेलाई सय रुपैयाँ जरिवाना

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१३ चैत्र। कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउन लगाएको तेस्रो दिनसम्म पनि सर्वसाधारणले त्यसको अवज्ञा गर्न छाडेका छैनन् । धनुषाबाट तेस्रो दिन पनि लक डाउनको अवज्ञा गर्ने ६६ जनालाई पक्राउ गरिएको छ ।

धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले लक डाउनको अवज्ञा गर्ने एक बस, २ अटो रिक्सा र २० मोटरसाइकलसहित ६६ जनालाई पक्राउ गरिएको हो ।

बाहिर निस्केका ६६ जनालाई नियन्त्रणमा लिएर प्रति व्यक्तिसँग रु एक सयका दरले जरिवाना लिई छाडिएको उनले बताए ।

यस्तै, लक डाउनको उल्लंघन गर्ने सबारीसाधन आवश्यक कार्वाहीका लागि प्रहरी कार्यालयहरुमा राखिएको कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]