२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

किसानको बाली भित्र्याउन अबरोध नगर्न आग्रह

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

न्यूजमधेश सम्बादाता
वीरगञ्ज ,१८ चैत्र ।पर्सा क्षेत्र नम्बर १ का संघीय साँसद प्रदीप यादवले किसानको खेति किसानीमा बाधा अवरोध नगर्न आग्रह गरेका छन् ।

कोरोना (कोभिड–१९) भाइरस संक्रमणको महामारीको मुखमा छौं भने भोलीको लागि पनि खाद्यान्न चाहिन्छ भन्ने हामी सबैले हेक्का राख्नु पर्छ भन्दै उनले किसानको अहिले खेत खेतमा गहुँ, दलहन र तेलहन पाकेर भित्र्याउने बेला भएको अवस्थामा उनले यसमा अवरोध नगर्न आग्रह गरेकाछन् ।

‘देश र दुनिया अहिले बिश्वब्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको महामारी फैलिरहेको बेला सरकारले देशमा लकडाउन लागु गरेकोमा त्यसलाई थप एक हप्ता गरी बढाइएको छ, जुन आवश्यक पनि थियो ।

यस क्रममा खाद्यान्न र अन्य अत्यावश्यक बस्तुको अभाव नहोस भनेर आपुर्ती ब्यवस्था मिलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले पुग–अपुग प्रयास गरिरहेका छन,’ साँसद यादवले सोमवार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘तर यस बिचमा गाउँका किसानहरुको खेति किसानीमा बाधा अवरोध पुर्याइएको गुनासोहरु प्राप्त भएका छन् । अन्न उत्पादन गर्ने अन्नदाता किसानको काममा बाधा नपुगोस भनेर जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र सूरक्षा बल तथा सबै स्थानीय तहलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

बालीको कटाई गर्न, दाई गर्न, थ्रेसर चलाउन र बाली भित्र्याउन कुनै पनि बाधा अवरोध नगरियोस । किसानले जोताइ लगायत प्रयोजनको लागि बिनाअवरोध ट्याक्टर लैजान ल्याउन, त्यसको लागि डिजेलको आपुर्ती गर्न र अन्य कृषी गतिबिधि गर्न कुनै पनि हस्तक्षेप नहोस भनेर सम्बन्धीत सबैमा उनले आग्रह गरेका छन् । किसानहरु समेत एक आपसमा शारीरिक दुरी कायम राख्दै, झुण्ड नबनाइकन कृषीकर्म गर्न साँसद यादवले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]