२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

कोरोनाबाट वचन साबधानी अपनाउन नेता जयसवालको आग्रह

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

धिरज कोरी
कपिलवस्तु,२० चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महाराजगंज नगरपालिका नगर समिति अध्यक्ष विजय जयसवालले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नाको लागि जनतालाई साबधानी अपनाउन आग्रह गरेका छ्न।

यो अवास्थामा कसैले पनि राजनीतिक हिसाबले नभई मानवताको नाताले आ-आफ्नो क्षेत्रबाट सम्पुर्ण जन्तालाई र सरकारलाई सहयोग गर्न नेता जयसवाल आग्रह गरेको छ।

दैनिक ज्यालादारी गरेर जिवननिर्वाह गर्ने अति विपन्न परिवारलाई “लकडाउन”मा खाद्यान समाग्रिको अभाव रहेको अवस्थामा स्थानीय सरकारलाई ध्यानदिन आग्रह गरेका छ्न।

त्यसैगरी क्वारेन्टाईनमा रहेका बिरामीहरुलाई सेवा सुविधालाई कमि कमजोरी हुन नदिन प्रत्येक वडाका अध्यक्षहरुलाई आग्रह गर्नुभएको छ। सरकारले जारी गरेको “लकडाउन”लाई सबैले पालना गरौँ भन्ने कुरामा जोड दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]