०३ कार्तिक २०८२, सोमबार
20-10-2025 , Mon
×

भोकमरीको चिन्ता

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,२० चैत्र । राजविराज नगरपालिका– ५ स्थित भित्री सडकमा पक्की घरका बीचमा एउटा पुरानो फुसको घर छ । निम्न वर्गका तीन÷चार जनाको परिवार डेरा लिइ बहालमा बस्ने सो घरमा अशोक सहनीको सानो एक कोठे डेरा छ । श्रीमती र पाँच छोराछोरीसँगै उहाँ त्यहाँ बस्नुहुन्छ । श्रीमतीले भने छोराछोरीको दिनभर हेरविचार गर्नुहुन्छ । अशोक साँझ बिहान मुखमा माड लगाउने बन्दोबस्तका लागि स्टिलको भाँडोमा चिया बोकेर घर बाहिर निस्कनुहुन्छ ।

बालबालिकाको औषधि उपचारदेखि राजविराज बजारको महँगो डेरा भाडा, बिहान बेलुकीको खाना सम्पूर्ण व्यवस्थापनको जिम्मा अशोककै काँधमा छ । उहाँको ‘लेमन टि’ राजविराजका पारखीका बीच लोकप्रिय भएकाले कमाइ पनि राम्रो छ । चियाको तलतल लागेपछि चियाका पारखी फोन गरेर सहनीलाई बोलाउँछन् ।

बिहान बेलुकी बजार घुमेर बिक्री गर्ने चिया सहनीको नियमित आम्दानीको स्रोत हो । बिहानदेखि बेलुकीसम्म साइकलमा चियाको भाँडो बोकेर चोकचोकमा ‘लेमन टि’ खुवाएपछि साँझ जम्मा भएको पैसाकै भरमा सहनी परिवारको गर्जो टर्दै आएको छ । तर अहिले कोरोना सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि र लकडाउनको अवधि थपिँदै गएपछि उहाँको पेशामा प्रत्यक्ष प्रभाव परेको छ । लकडाउनले उहाँको कमाइ खोसिएको छ । कमाइ खोसिएसँगै भोको पेट भर्ने उपाय पनि सकिएको छ । सरकारले लकडाउनको घोषणा गरेको १० दिन बित्यो ।

सहनीले बिहानदेखि साँझसम्म टण्टलापुर घाममा छाला डढाएर कमाएको पैसा पनि सकिएको चार दिन बितेको छ । चियाका पारखी साहित्यकार सागरवीर कडारीले सहयोगस्वरुप दिनु भएको पाँच÷पाँच किलोको पिठो र भुजा (मुरही) पनि सकिन लागेको छ । छोराछोरीको गाँस पु¥याउन सहनी दम्पतीको भोजन भुजा (मुरही) मा झरेको छ । प्रत्येक साँझ उहाँहरुले नून, खोर्सानीसँग भुजा खाएर पेटभरि पानी पिउने र भोक मेटाउने गरेको बताउनुभयो ।

पहिले काम गर्दा हुने कमाइबाट साँझ र बिहान राम्रैसँग भात खान पुग्थ्यो । आफ्नो बाध्यता सुनाउँदै सहनीले भन्नुभयो, “आज कमायो, आजलाई ठिक्क हुने हामीजस्ता गरिब त भोकै मरिन्छ होला ।” श्रीमान्को कमाइ नहुँदा चन्द्रकलालाई ठूलो चिन्ता छ । “घर जाऔँ कसरी जाने, बाटो बन्द छ, यही बसौँ साँझ, बिहान के खाने, असाध्यै समस्यामा पर्न थालियो”, चन्द्रकला भन्नुहुन्छ, “कहिले कसले के ल्याइदेला र त्यसैबाट टार्ने भनेर आशा गर्नुबाहेक उपाय रहेन, सहयोग गर्नेले पनि एक÷दुई दिन पो हेर्छन्, सधैँ कसले कसलाई हेर्न सक्छन् ।”

यति लामो ‘लकडाउन’ होला भनेर कल्पना नै थिएन सहनी उहाँलाई । बन्द, हड्तालमा पनि बिहान, बेलुका साइकलमा घुमाउँदै चिया बिक्री गर्न रोकटोक नहुने भएकाले सहनीलाई यो पेशा अंगालेर ठिक निर्णय गरे जस्तो लागेको थियो । तर अहिलेको लकडाउनमा तरकारी, फलफूल, दुध, किरानाका पसल खुलेका हुन्छन् । उहाँको चिया बन्द छ । अब कति दिन लकडाउन लाग्छ, कहिलेसम्म लाग्छ ? त्यसको कुनै टुङ्गो छैन । “कहिलेसम्म काम नगरेर घरभित्रै बन्दी बन्नुपर्ने हो, बाहिर निस्कौँ महामारीको डर छ, भित्रै बसौँ भोकमरीले लैजाला जस्तो छ, छोराछोरीको भोको पेट र अँध्यारो अनुहार हेरेर घरभित्र बस्न पनि गाह्रो छ”, सहनीले पीडा सुनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]