२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बनौलीमा आगलागी दुईलाख बराबरको क्षति

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज ,२२ चैत्र ।सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बनौलीमा शुक्रबार आगलागी हुदा २ लाख बराबरको क्षति भएको छ ।

स्थानीय जय नारायण यादव, जोगिन्द्र यादव,हृदय नारायण यादव, देव नारायण यादव, नारायण यादव र बिष्णुदेव यादवको गोठमा अगलागी हुदा सो परिणामको धनसम्पती जलेर नष्ट भएको हो ।

गाउँ नजिकैको बाँसघारीमा दाउरा,पराल लगायतका आबश्यक सामाग्री राख्ने छ परिवारको ६ वटा गोठ्मा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा खेतबाट काटेर जम्मा गरिराखेका गहु र परालको टाल समेत जल्दा १ लाख ८० हजार बराबरको धनमाल नष्ट भएको ईलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।

शुक्रबार साँझ ६ बजे शुरु भएको आगो कंचनरुप, हनुमाननगर कंकालिनी र राजबिराज नगरपालिकाबाट गएको ३ वटा दमकल, स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको वडा अध्यक्ष तेज नारायण यादवले जानकारी दिए ।

हावाहुरी संगै बाँस एकाआपसमा घ्रसन भइ आगलागी हुन सक्ने प्रहरीले आशंका गरेएको छ । आगलागीमा बाँस समेत जलेर नष्ट भएको स्थानीयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]