०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

एक महिला आइसोलेसनमा

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज ,२२ चैत्र। सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएकी एक महिलालाई आजदेखि आइसोलेसनका लागि राजविराज ल्याइएको छ ।

शुक्रबार राति ज्वरो आएपछि आज आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको अस्पतालले जनाएको छ । सो अस्पतालले बिरामी महिलाको घाँटीको स्वाब परीक्षणका लागि सङ्कलन गरेको छ ।

उहाँलाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरी परीक्षणका लागि स्वाब धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो ।

श्रीमान्सँगै १५ दिनअघि भारतको राजस्थानबाट फर्किनुभएकी कञ्चनरुप नगरपालिका–११ की उहाँ शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा जाँचका लागि पुग्नुभएको थियो । स्वास्थ्यकर्मीले उहाँलाई कञ्चनरुप नगरपालिका–१० स्थित दुर्गा आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा पठाएका थिए ।

पहिलेदेखि ज्वरो आइरहेको बताउनुभएकी उहाँलाई भारतको राजस्थानबाट १५ दिनअघि आएको थाहा पाएपछि शुक्रबार क्वारेन्टाइनमा पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपका प्रमुख डाक्टर सञ्जीव झाले बताउनुभयो । डाक्टर झाले भन्नुभयो, “नगरपालिकाको क्वारेन्टाइनमा राखिएका अन्य ४२ जनाको स्वास्थ्य अवस्था समान्य छ ।”

कञ्चनरुप नगरपालिका–१ बैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा रहनुभएका २३ जना र वडा नं ११ स्थित दुर्गा अधारभूत विद्यालयको क्वारेन्टाइनमा रहनुभएका नौ जना भारतको विभिन्न राज्यबाट फर्किएका हुन् ।

कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माविमा रहनुभएका १० जनामध्ये आठ जना कञ्चनरुप नगरपालिकाका हुन् । सप्तकोशी नगरपालिका र तिरहुत गाउँपालिका एक÷एक जना रहेका छन् । उहाँहरु सबै जनालाई काठमाडौँबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना भाइरसको रोकथामका लागि नगरपालिका र गाउँपालिकाले सञ्चालन गरेको विभिन्न क्वारेन्टाइनमा हाल ११ महिला र २४२ पुरुष राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । कञ्चनरुपमा पाँच स्थानमा बनाइएको क्वारेन्टाइनमध्ये तीन वटा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या अहिलेसम्म ४३ जना पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]