२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

प्रदेश २ मा पटाखाको आतंक, १ जना प्रहरी नियन्त्रमा

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२४ चैत्र ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस बिरुद्ध नेपाल र भारतमा लकडाउन गरिएको बेला भारत सरकारले एक्यबद्धता जनाउन राती ९ बजे दियो बाल्न गरेको आव्हानको प्रभाव जनकपुरधाम लगायत प्रदेश २ का सबै जिल्लामा परेको छ ।

तर भारतमा दियो मात्रै बालिएपनि प्रदेश २मा पटखा आतंक नै मच्चाइएको थियो ।नेपाली समय अनुसार सवा नौ बजे रातीदेखि सुरु भएको पटाखा पड्काउने क्रम साढे नौ बजे रातीपछि पनि चलेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समय ९ बजेदेखि ९ मिनेट सम्म घरको बती निभाएर दियो जलाउन आव्हान गरेका थिए ।

त्यस अनुसार प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा पनि व्यापक परेको थियो ।तर भारतको राजधानी दिल्लीमा समेत नभएको आतिशबाजी गरेर यहाँ आतंक फैलाइएको थियो ।

दिपावली र छठ पर्वमा पड्काइने पटाखा बिहावारी लगायत विजयोत्सव मनाउने बेला पटाखा पडकाइने गरिन्छ ।तर नेपालमा त्योपनि कानुनी रुपमा अपराध हो ।

प्रहरीले पटाखा पड्काएको अभियोगमा एकजनालाई पक्राउ गरेकोछ ।धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतले पटाखा पड्काउनेहरुको ब्यापक खोजतलाश गरिएको बताउँदै एकजनालाई नियन्त्रणमा लिएको बताए ।

कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा रहेका मानिसहरुलाई पट्खा पड्काएर थप आतंकित बनाइएको थियो ।असमयमा यतिको पटाखा जनकपुरधाममा हुनु समान्य भने होइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।