२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

पोखरीको पानी खाँदै डोम

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

न्यूजमधेश सम्बादाता
जलेश्वर ,१० बैशाख। महोत्तरी जिल्लाको एक बस्तीको डोम समुदाय अहिले पनि पोखरीको पानी पिउन र अन्य प्रयोग गर्न बाध्य छ ।आफूहरूलाई कथित ठूला जातिले तल्लो जात ठानी घर अगाडि रहेको कल(धारा) को पानी खान नदिएकाले पोखरीको पानी प्रयोग गर्नुपरेको सोनमा गाउँपालिका –५ को डोम समुदायको गुनासो छ ।

सय मिटर दूरीमा वडाध्यक्ष र ५०० दूरीमा प्रदेशसभा सदस्यको घर रहेको सो समुदायको घर अगाडि रहेको एउटा खानेपानी धाराको ह्याण्डल खोलेर स्थानीयवासी विजय यादवले लगेपछि डोम समुदाय पोखरीको पानी खान बाध्य भएको स्थानीयवासी लीला मल्लिक डोमले बताउनुभयो ।

नेपाल सरकारको ऐलानी जग्गामा बसोबास गर्दै आएका पाँच घरपरिवार डोम समुदायले सो बस्तीमा प्रदेश नं २ को सरकारको सहयोगमा जनता आवास बनाउन लागेपछि विजयले सो जग्गा पनि आफ्नो भन्दै विवाद गरेका छन् ।विजयले गालीगलोजका साथ कुटपिट गर्ने धाकधम्की दिंँदै बस्तीभरिको एउटा मात्र कलको ह्याण्डल खोलेर लगेपछि उनीहरू पोखरीको पानी खान बाध्य भएको स्थानीयवासी अजय मल्लिक डोमले बताउनुभयो ।

करीब एक कट्ठा जग्गामा डोमको पाँचभन्दा बढी पुस्ताले बसोबास गर्दै आएकामा अहिले त्यो स्थानीयवासी यादवको अतिक्रमणले गर्दा १५ धुरमा सीमित भएको छ । “अहिले सो जग्गामा पनि प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत डोमका लागि घर बनाइदिन लागेपछि विजयले सो जग्गा आफ्नो भन्दै कलको ह्याण्डल खोलेर लगेपछि पूरै डोम बस्तीले पोखरीको पानी खान थालेको छ”, अजयले भन्नुभयो ।

विजयले डोमहरूलाई कलमा छोए कुटपिट गर्ने र पानी खाए ठेगान लगाउने भन्दै धम्की दिएर गएपछि पूरै डोम बस्तीका सबै जनाले घर अगाडिकै फोहर पोखरीको पानी ल्याएर खाना पकाउने, पिउने र नुहाउने, लुगा धुने र गाईवस्तुलाई खुवाउने गरेको पीडित विजय मल्लिक डोमले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]