२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मकै खेतबाट सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

राजेश शर्मा, बिराटनगर, १३ बैशाख । सशस्त्रले दरैया को सिमावर्ति इलाका बाट लागु औषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्ट बखरी बाट खटिएको स.प्र.ना.नि मिन बहादुर दर्जी को नेतृत्वमा खटेको टोलीले दूरबीन बाट निगरानी गरिरहेको बेला आज २ बजेको समयमा मक्कैको खेती को बाटो भएर भारत बाट नेपाल प्रवेश गर्न खोजेको एउटा संकास्पद व्यक्तिलाई देखेर सशस्त्र प्रहरीले पक्राउ गर्न खोजेको थियो ।

सशस्त्र प्रहरीको टोलीले दुई तिरबाट घेरेर सो व्यक्तिलाई समाउन खोज्दा उक्त संकास्पद व्यक्ति भारत तर्फ भाग्न सफल भएको र त्यो व्यक्ति संग रहेको झोला त्यहि मक्कै खेतीमा अल्झेर छुटेको थियो । सशस्त्र प्रहरीहरु त्यो व्यक्तिलाई लखेटेर फ़र्किरहेको अवस्थामा झोला फेलापारेको र झोला भित्र खोज तलास गर्दा आठ सय ६४ थान स्पासमोक्स प्लस नामको लागुऔषधको क्यापसुल फेला परेको छ ।

यसरी ठुलो परिमाणमा लागुऔषध भेटिएपछी सशस्त्र प्रहरीले तुरुन्त भारतीय सुरक्षा बल एस.एस.बी लाई समेत उक्त व्यक्तिको हुलिया टिपाई पक्राउ गरी कार्वाही गर्न अनुरोध गरेको छ ।
बरामद भएको लागुऔषध आवश्यक कर्वाहीको लागी इलाका प्रहरी कार्यालय रानी लाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]