१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

आफ्नै पार्टी फुट्न लागेपछि अध्यादेश फिर्तागर्ने निर्णय भएको हो : युवा नेता राजु गुप्ता

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

मनोज बनैता, सिरहा, १३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमार्फत् अचानक २ अध्यादेश पारित गरी राष्ट्रपतिमार्फत् जारी गराएपछि देशमा राजनैतिक तरङ्ग उत्पन्न भएको थियो मधेश केन्द्रित दलले त्यसको कडा आलोचना समेत गर्दै आएका थिए । हालै बसेको मन्त्रीपरिषदको बैठकमा ल्याईएका अध्यादेश फिर्ता गर्ने निर्णय गरिएको छ ।

जनता समाजवादी पार्टीका युवा नेता राजु गुप्ताले न्युज मधेश संग कुरा गर्दै भने कि ‘लामो समयपछि राजनीतिक स्थिरताको संकेत देखिन सुरु हुन लागेकै बेला राजपा र संघिय समाजवादी पार्टी बिच एकता हुनु आफैमा एक ऐतिहासिक निर्णय हो ।’

गुप्ताले भने कि अब सबै राजनीतिक दल, नेताहरु र लोकतन्त्रवादीहरु एकजुट भएर जानू उत्तम उपाय हो । गुप्ताले अर्को पार्टीलाई धरापमा पार्ने गरी ल्याउन लागिएको अध्यादेशले सबैभन्दा बढी नेकपालाई नै घाटा भयो र त्यसकारण निर्णय बाट पछि परेको हो । उनले भने कि नेकपाले आफ्नै खुट्टामाथी बन्चरो ले हानेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]