२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

सर्लाहीमा पनि ट्रकबाट भारु बरामद

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

न्यूजमधेश सम्बादाता
मलगंवा ,२५ बैशाख । भारतबाट आएको ट्रकबाट विराटनगरमा भारतीय रुपैयाँ बरामद भएको एक दिन नबित्दै प्रदेश २ को सर्लाहीमा पनि भारतीय ट्रकबाट भारतीय रुपैया बरामद भएको छ ।

सशस्त्र प्रहरीको टोलीले सर्लाही सदरमुकाम मलंगवा नगरपालिका २ बाट १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । उक्त रकमसहित ट्रकमा सवार दुई जनालाई पक्राउ गरिएकोछ ।

भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको ट्रकलाई भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको उक्त रकम रकम बरामद गरेको छ । उक्त ट्रकमा धान लोड गरिएको थियो ।

पक्राउ पर्नेमा सवारी चालक ४२ वर्षीय रामललित मण्डल र सह–चालक ३३ वर्षको निरजकुमार मण्डल रहेको सशस्त्र प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।
यसअघि भारतबाट विराटनगर छिरेको ट्रकबाट १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँ बरामद भएको थियो ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]