२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मधेशीलाई अपमानित गरेको कृषि टिभीको बिरोधमा आज दोस्रो दिन फेसबूक प्रोफाइलमा कालो फोटो

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,९जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले मधेशीलाई अपमानित गरेको भन्दै विरोधको कार्यक्रम बिहिवारदेखि सुरु गरेको छ ।

कृषि टेलिभिजनले मधेशीलाई अपमानित गर्दै कार्यक्रम सञ्चालन गरेको भन्दै संघले सार्वजनिक गरेको विरोध कार्यक्रमको पहिलो दिन कार्टुन बनाएर विरोध गरेको हो । संघको आह्वानमा बिहिवार कापीमा कृषि टेलिभिजनको कार्टुन बनाइ विरोध गरिएको छ ।

त्यस्तै, आज शुक्रबार फेसबुक प्रोफाइल कालो राख्ने, शनिबार कालो अक्षरमा प्रेस काउन्सिल लेखेरमा फेसबुकमा पोष्ट गर्ने, चौथो दिन इमेलमार्फत प्रेस काउन्सिलमा ध्यानाकर्षणपत्र बुझाउने र पाँचौं दिन सादा पानामा प्रेस काउन्सिल लेखेर घरमै बसी जलाउने विरोधका कार्यक्रमहरू सार्वजनिक गरिएको हो ।

जनमत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष पोषणकुमार यादवले बुधबार विज्ञप्ति जारी गरी कृषि टेलिभिजनमा प्रसारण हुने कोरोना गफगाफ कार्यक्रमका प्रस्तोता र टेलिभिजनलाई कारबाही गर्न माग गरेका थिए । उनले मधेश (मधेशी, थारु, जनजाति, मुस्लिम आदि) माथि गरिएको व्यङ्ग अक्षम्य र असहनीय रहेको भन्दै कारबाहीका लागि प्रेस काउन्सिल नेपालसँग माग गरेका थिए ।

पाँचौं दिनसम्म कारबाही नभए विरोधका थप कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएका छन् । यसबीचमा कारबाही भए विरोधका कार्यक्रमहरू स्वतः फिर्ता हुनेसमेत संघले जनाएको छ । यसैबीच, पत्रकार बीपी साहले दिएको उजुरीका आधारमा बिहीबार कृषि टिभीसँग प्रेस काउन्सिलले स्पष्टीकरण मागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।