२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

कतारमा कोरोना संक्रमितहरु निको हुनेको संख्या बढ्दै

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

राकेश मैथिल
दोहा कतार ,११ जेठ ।कतारमा कोरोनाका बिरामीहरुले स्वास्थ्य लाभ गर्ने संख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ६५७ जनाले स्वास्थ्य लाभ गरेका छन ।

यस सँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या ९ हजार १ सय ७० पुगेको छ । आज जारी तथ्याङ्क अनुसार ३ हजार ३४९ जनामा गरिएको परीक्षणमा थप १ हजार ५०१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । थप २ जना ६६ र ५३ बर्षिय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कतारमा भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ४३ हजार ७१४ पुगेको छ ।

ईदको शुभकामना

आज सम्म १ लाख ८८ हजार १ सय ४३ जनामा कोरोनाको परिक्षण गरिएको छ । ति मध्ये १ हजार ८०५ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ भने २५६ जनालाई अस्पताल भर्ना गरिएको छ । थप २४ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या १८८ पुगेको छ । कुल ३४ हजार ५२१ जनाको उपचार चलिरहेको छ ।

नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । ४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा केही सङ्क्रमित रहेका छन् भने १ जनाको कोरोनाको कारण ज्यान गएको छ । स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परीक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]