२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

क्वारेन्टिन खचाखच भरिँदै

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

न्यूजमधेश सम्बादाता
जलेश्वर ,१४ जेठ ।भारतबाट घर फर्कने क्रम बाक्लिएसँगै महोत्तरी जिल्लाका क्वारेन्टिन केन्द्र भरिभराउ भएका छन् । पछिल्ला पाँच दिनयता भारतबाट फर्कने बढ्दै गएसँगै यहाँका क्वारेन्टिन केन्द्रमा मानिस थपिने क्रम ह्वात्तै बढेको हो ।

यसअघि १९ क्वारेन्टिन केन्द्र रहेका जिल्लामा अहिले २५ थपेर ४४ पु¥याइएको छ । एक हजार ८४९ श्ययाका ४४ क्वारेन्टिनमा सोमबारसम्म ३७ महिलासहित एक हजार ५५३ शङ्कास्पद व्यक्ति बसिरहेका जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पछिल्ला पाँच दिनभित्र एक हजारभन्दा बढी सङ्ख्या क्वारेन्टिन केन्द्रमा थपिएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्ति जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यसबाहेक घरमै स्वास्थ्यकर्मीको रेखदेखमा १८२ क्वारेन्टिनमा छन् ।

जिल्लामा सबैभन्दा बढी भारतीय सीमावर्ती सम्सी गाउँपालिकाका पाँच केन्द्रमा गरी ३९० छन् । त्यसैगरी जिल्लाको उत्तर मधयवर्ती भङ्गाहा नगरपालिकाका चार केन्द्रमा गरी १७८, सोनमा गाउँपालिकामा १३०, मनराशिशवा नगरपालिकामा १२० र जलेश्वर नगरपालिकाका केन्द्रमा ९१ जना रहेका छन् । यसबाहेक जिल्लाका सबैजसो क्वारेन्टिन केन्द्रमा भारतबाट घर फर्केकाहरु थपिँदैछन् । फर्कनेहरु आफ्नै बस्ती छेउको (आफ्नै स्थानीय तहको) केन्द्रमा बस्न चाहँदा कतै श्ययाको अभाव र कतै केही श्यया खाली रहेको स्थिति छ । जिल्लाका १५ वटै स्थानीय तहका केन्द्रमा मान्छे थपिने क्रम ह्वात्तै बढेको हो ।

जिल्लामा क्वारेन्टिन केन्द्रमा मानिस थपिदै गए पनि पिसीआर परीक्षणका लागि स्वाब सङ्कलनको गति धिमा (सुस्त) देखिएको छ । जिल्लामा सोमबारसम्म २६९ जनाको मात्र स्वाब सङ्कलन हुनसकेको जनस्वास्थ्य निरीक्षक झाले बताउनुभयो । स्वाब सङ्कलन गर्न आवश्यक सामग्री र पूर्वतयारी हुन नसक्दा अपेक्षित गति लिन नसकेको कार्यालयको निष्कर्ष छ ।

पिसीआर पद्धतिबाट जाँच गरिएमध्ये जिल्लाका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । यद्यपि यी चारै जनाको स्वाब सङ्कलन भने जिल्ला बाहिर नै भएको हो । जिल्लाको जलेश्वर नगरपालिका–३ खैराका एकै परिवारका तीन जनामा सोमबार आरडिटी पोजेटिभ पाइएको छ । तीनै जनालाई जलेश्वर अस्पतालको आइसोलेसनमा राखेर थप जाँच प्रक्रिया बढाइएको कार्यालयले जनाएको छ । जिल्लामा जलेश्वर अस्पतालमा ३० र नेपाली सेनाको रणभीम गणमा छ समेत गरी जम्मा ३६ आइसोलेसन श्यया छन् । आइसोलेसनमा हाल तीन जना रहेका कार्यालयले स्पष्ट पारेको छ ।

यसैबीच दिनदिनै भारतबाट घर फर्कनेहरुको लाम बढ्दै गएसँगै क्वारेन्टिन र आइसोलेसन श्यया बढाउन र पिसीआर परीक्षणको गति बढाउन जिल्लामा माग बढ्दै गएको छ । यसैबीच जिल्लाको बर्दिवास नगरपालिकाले पिसीआर परीक्षणका लागि आवश्यक उपकरण खरिद र बर्दिवास अस्पतालमा ५० श्ययाको आइसोलेसनकक्ष विस्तारको काम थालिएको जनाएको छ । नगरप्रमुख बिदुरकुमार कार्कीले जेठ २५ भित्रै यो काम भइसक्ने सञ्चारकर्मीलाई बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]