१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

भोकले थलिएका बिरेन्द्रको घर नआउँदै सीमामै मृत्यु

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१५ जेठ।कोरोना संक्रमणबाट जोगिन जारी लक डाउनमा आफ्नो घर खोजेका धनुषाका एक युवकलाई मृत्युवरण गर्नुपरेको छ । घर नआउँदै उनको मृत्यु भएको छ ।

चार महिनाअघि मात्रै रोजगारी गर्न भारतको गुजरात गएका शहीद नगरपालिका वडा नम्बर ९ का युवक आफ्नो घर आउनै लाग्दा जटही सीमामा प्राण त्यागेका छन् । लामो समयदेखि भोकको सामना गरेका उनले बुधबार बिहान जटही सीमामै प्राण त्यागे ।

यसरी ज्यान गुमाउनेमा बिरेन्द्र गुरमैता यादव छन् । झण्डै महिना दिनदेखि च्यूरा र भुजा मात्रै खान बाध्य भएका थिए उनी ।

उनीसहित झण्डै २ सय जना भारतबाट आएर जटही नाकामा जम्मा भएका थिए । यहीं भींडकाबीच बेहोस भएपछि ३० बर्षीय गुरमैताले आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए । उनको फोन आएलगत्तै उनका भाई धिरेन्द्रसहित परिवारका ४ जना राति दुई घण्टा लगाएर एम्बुलेन्स खोजेका थिए ।

‘एम्बुलेन्स लिई राति१ बजे जटही पुग्यौं’ मृतकका भाई धिरेन्द्रले भने, “तर रातभरि एम्बुलेन्सलाई दाजुभएतिर छिर्न दिइएन् ।”

आफूहरु पैदलै गएर दाजुलाई लिन जाने बताएपनि जान नदिएको उनले बताए । रातभरि दाजु नजिक गएर ल्याउने प्रयास गरेपनि जान नदिँदा दाजुको मृत्यु भएको उनले बताए ।

रोजगारी गर्न भारतको गुजरात गएको केहि दिनमै उनी लकडाउनको शिकार भए । लकडाउन भएपछि उनी त्यहाँ भोकभोकै बस्न थाल्दा आफ्नो घर आउन खोजेका थिए । उनी १७ दिनअघि गुजरातबाट नेपालका लागि हिंडेको उनको परिवारजनले बताएका छन् ।

घर आउने क्रममा बाटोमा उनले सुख्खा खानेकुरा मात्रै भएको र खाना कतै खान नपाउँदा बेहोस भएको परिवारजनको भनाई छ ।

बेहोस भएका उनलाई उपचारका लागि एम्बुलेन्स लिएर गएपनि ल्याउन नसकिएको परिवारजनले बताएका छन् ।

मृतकको शवलाई नेपाली सेनाको टोलीले प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ । ल्याउनेवित्तिकै उनको स्वाब संकलन गरिएको छ ।

उनको मृत्यु भएपछि सीमामा भारततर्फ जम्मा भएकाहरु आक्रोसित हुँँदै नेपालतर्फ ढुँगामुडा गरेका छन् । ढुँगामुडाबाट ज.१त १२१३ नम्बरको एम्बुलेन्समा समेत क्षति पुगेको छ ।

जटही नाकामा मंगलबार राति २ सयभन्दा बढी संख्यामा नेपालीहरु घर आउन जम्मा भएका थिए । सुरक्षाकर्मीले उनीहरुलाई रोकेर राखेका थिए । तर बिरेन्द्रको मृत्यु भएपछि उनीहरु आक्रोशित हुँदै नेपालतर्फ ढुँगामुडा समेत गरेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्व नाराबाजी समेत गरेका थिए ।

त्यहीं नाराबाजीका कारण अधिकांस व्यक्ति आ–आफ्ना घरतिर लागेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]