२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सप्तरीको मौवाहामा लक्ष्मीनारायण मन्दिरको पुनर्निर्माण

Logo
प्रकाशित शुक्रबार, जेठ ३०, २०७७

मनोज बनैता/रासिन्द्र यादव

सिरहा, ३० जेठ । सप्तरी बलानबिहुल गाउँपालिमा लक्ष्मीनारायण मन्दिरको पुनर्निर्माण हुने भएको छ । मौवाहास्थित २५० वर्ष पुरानो लक्ष्मीनारायण मन्दिरको पुनर्निर्माण प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हुने जानकारी प्राप्त भएको छ ।

उक्त योजनाका रोजगार संयोजक निरज कुमार झा का अनुसार जिर्णोदारको निमित्त समिति गठन गरिएको छ । उक्त समितिमा निधि झा अध्यक्ष, बम कुमार मण्डल उपाध्यक्ष, माला झा सचिव, आशुतोष कुमार झा कोषाध्यक्ष लगायत जम्मा ६ सदस्य समिति बनाईएको जानकारी संयोजक निरज कुमार झा ले दिएका छन ।

संयोजक को अनुसार योजना मार्फत आएको १० लाख बजेटमा ७० प्रतिशत कामदार रोजगार सृजना, २५ प्रतिशत निर्माण सामग्री, २ प्रतिशत हाते औजार, २ प्रतिशत सुरक्षा सामग्री र १ प्रतिशत कन्टिजेन्सी को लागि छुट्ट्याईएको छ । झाको अनुसार रकम सडक, बगैंचा, रंगरोगन आदिको लागी खर्चिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]